arrow

जोनसन र लियनबीच ब्रेक्जिटबारे सोमबार वार्ता हुदैँ

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
brexit-uk-england-eu.jpg

एएनआई, मस्को । बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ । सो वार्ता सोमबार हुन लागेको हो ।
 
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको बे्रक्जिटका विषयमा वार्ता हुन लागेको हो । 

शनिबार उनीहरुकाबीचमा भएको फोनवार्ताका क्रममा सो विषयमा सहमति भएको थियो । त्यस अवसरमा सोमबार साँझ सो वार्ता गर्ने विषयमा सहमति भएको थियो । साथै यस विषयमा दुई नेताबीच समय समयमा वार्ता गर्ने बारेमा पनि सो फोनवार्ताका क्रममा सहमति भएको थियो । 

बेलायतका प्रधानमन्त्रीको कार्यालयबाट प्रकाशित भएको विज्ञप्तिमा उनीहरुबीच कुराकानी हुने बारेमा जानकारी गराइएको छ । साथै सो वार्तामा विभिन्न आर्थिक तथा अरु द्धिपक्षीय विषयहरुमा पनि छलफल हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ