arrow

बंगलादेशमा कोरोना संक्रमित र मृतकको अवस्था

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
corona-bangladesh.jpg

ढाका । बंगलादेश आइतबारसम्ममा चार लाख ७७ हजार ५४५ व्यक्ति कोभिड–१९ संक्रमित भएका यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी गराएको छ । बंगलादेश आइतबार एक हजार ६६६ जनामा कोभिड–१९ संक्रमण भएको छ भने ३१ संक्रमितको मृत्यु भएको छ । 

यो तथ्याङ्कसहित बंगलादेश कूल संक्रमित हुनेको सङ्ख्या चार लाख ७७ हजार ५४५ पुगेको छ भने अहिलेसम्म छ हजार ८३८ कोभिड संक्रमितको मृत्यु भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । बङ्गलादेशभर विगत २४ घण्टामा १३ हजार २१८ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो । 

निर्देशनालयका अनुसार बंगलादेश आइतबार दुई हजार ५५२ व्यक्ति संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल तीन लाख ९५ हजार ९६० कोभिड संक्रमितको संक्रमणमुक्त भएका छन् । 

मुस्लिम बहुल यस मुलुकमा कोभिड–१९ संक्रमित १.४३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८२.९२ प्रतिशत विरामी संक्रमणमुक्त भएका छन् ।

यो मुलुकमा सबैभन्दा बढी चार हजार १९ व्यक्ति एकै दिन जुलाई २ मा कोभिड–१९ संक्रमित बनेका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ संक्रमितको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ