arrow

क्षुद्रग्रहको १६ किलोको चट्टान जापान पठाइयो

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर २१ आइतबार
asteroid.jpeg

क्यानवेरा । ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तिरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट सङ्कलन गरी अध्यनका लागि निरीक्षणपछि जापान पठाइएको छ । 

जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्यूगुबाट सङ्कलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो । सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो । 

 हासावुसा–२ लाई सन् २०१४ मा अन्तरिक्षमा पठाइएको थियो भने यसले सन् २०१९ को फेब्रुअरी र जुलाईमा नमूनाहरू सङ्कलन गरेको थियो ।

प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरी अस्ट्रेलियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गराइएको रएको जापानी वैज्ञानिकले बताएका छन् । 

चट्टानको अवतरणपछि उक्त स्थानको खोजी हेलिकप्टरबाट गरिएको थियो । जापानी अन्तरिक्ष एजेन्सीको पहलमा संकलन गरिएको उक्त १६ किलोको चट्टानलाई जापानले नै अध्ययन तथा भण्डारण गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ