arrow

किसानको विरोध कार्यक्रममा हिडेका अखिलेशलाई प्रहरीको अवरोध

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर २२ सोमबार
Akhilesh-1.jpg

लखनउ । भारतको समाजवादी पार्टीका प्रमुख तथा पूर्व मुख्य मन्त्री अखिलेश यादवलाई प्रहरीले अवरोध गरेको छ ।  लखनउमा सोमबार आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन गइरहेका बेला उनलाई प्रहरीले अवरोध गरेको हो । 

प्रहरीले यसअघि पनि उनलाई पार्टीले कनौँजमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने बेलामा अवरोध गरेको थियो । उन किसानहरुले आयोजना गरेको विरोध कार्यक्रममा ऐक्ववद्धता जनाउन जान लाग्नुभएको थियो । 

भारतमा कृषिसम्वन्धी नयाँ कानुनहरूप्रति असन्तुष्टि जनाउँदै केही समयदेखि किसानहरू आन्दोलित भएका छन् । उनीहरुको आन्दोलनप्रति यादवले यसअघि देखि नै समर्थन जनाउँदै आएका छन् ।  पूर्व मुख्यमन्त्री यादवले केन्द्रीय सरकारले जारी गरेको कृषिसम्वन्धी नयाँ कानुन फिर्ता लिनु पर्नेमा जोड दिने गरेका छन् । 

“यदी नयाँ कानुनले किसानलाई फाइदा गर्दैन र किसानहरु खुशी छैनन् भने केन्द्रीय सरकारले कानुन किन फिर्ता लिदैन ?” उनले प्रश्न गरे ।   उनले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले लोकतन्त्रको अन्त्य गर्न र किसानहरुको आवाज दवाउन खोजेको आरोप पनि लगाए ।  

“भाजपाले कार्यक्रम आयोजना गर्दा कोरोनाभाइरस नफैलिने अनि किसानहरुले आयोजना गर्दा फैलिने भन्ने हुन्छ र ?” उनको प्रश्न थियो ।

पूर्व मुख्यमन्त्री यादवले भाजपाका कार्यकर्ताले कार्यक्रम गर्दा कुनै कारबाही तथा अवरोध नहुने र आफ्नो पार्टी र किसानहरुले कार्यक्रम गर्दा भने जेल जानु पर्ने वा अवरोध हुने गरेको भन्दै आपत्ति पनि जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ