खारेजीमा पर्न लागे यी दल
प्रकाशित मिति : २०७३ जेठ २६ बुधबार

काठमाडौं । लगातार तीन वर्ष आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा पुगेका छन् । आर्थिक वर्ष २०७१/७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्रियामा गएका हुन् । निर्वाचन आयोगले पटक पटक पत्र पठाएर आयव्यय विवरणको लेखापरीक्षण प्रतिवेदन माग गर्दा समेत अटेर गरेपछि प्रक्रिया अगाडी बढाइएको हो ।
आयोगमा दर्ता रहेका दलले प्रत्येक वर्षको आम्दानी खर्चको प्रतिवेदन बुझाउनु पर्ने कानुनी प्रावधान छ । तर, राजनीतिक दलले तोकिएको समयमा आफ्नो आयव्यय विवरण बुझाउने गरेका छैनन् ।
खारेजी प्रक्रियामा रहेका राजनीतिक दल निष्क्रिय छन् । कतै नाम नसुनिने, गतिविधि नगर्ने अस्तित्वमा नरहेका साना दल छन् । आजको नागरिक दैनिकमा खबर छ - १० हजार जनाको हस्ताक्षर बुझाएर दल दर्ता भएपनि ती दलको नाम जनताले कहिल्यै सुन्न पाएका छैनन् ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">