arrow

इङ्गलिश प्रिमियर लिग : घाइते चेल्सीले हार सुधार गर्ला ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2020858710.png
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शनिबार राति आठ खेल हुँदै छन् । शिर्ष स्थानको म्यान्चेस्टर सिटीले आफ्नै मैदानमा लिभरपुलसंग खेल्दैछ । दोस्रो स्थानको आर्सनले वेष्ट ब्रोमबिच आल्बियनसंग, तेस्रो स्थानको लेस्टर सिटीले न्यूकासल युनाइटेडसंग तथा चौथो स्थानको म्यान्चेस्टर युनाइटेडले वाट्फोर्डसंग खेल्ने तालिका छ ।
 
घाइते चेल्सीले नर्विच सिटीसंग खेल्दै छ । यस्तै, अन्य खेलमा एभर्टन र एस्टन भिल्ला, साउथ ह्याम्टन र स्टोक सिटी तथा स्वान्सी सिटी र एएफसी बर्नमाउथ आमने सामने हुँदै छन् । १२औं चरणका खेल सकिँदा सम्म लिगमा २६ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।
 
समान २६ अंकको आर्सनल गोल अन्तरका आधारमा दोस्रो तथा २५ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थानमा छ । २४ अंक बटुलेको म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा रहँदा २१ अंकको टोटनह्याम हट्सपर पाँचौ स्थानमा छ । तीन दशककै खराब प्रदर्शन गरेको चेल्सीको हारको यात्रा रोकिएको छैन । ११ अंक मात्रै बटुलेको घाइते चेल्सी १६ औं स्थानमा छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ