arrow

तराई आन्दोलनको सय दिन : सत्तारुढ दल नै संकट लम्व्याउन उद्दत

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2082785080.jpeg
काठमाडौं । तराई मधेशको समस्या समाधानका लागि लचक भएको भन्दै ठुलो स्वरमा भाषण गर्ने सत्तारुढ दलका नेताहरु नै संकट लम्व्याउने उद्दत रहेको पुष्टी हुदै गएको छ । संकट समाधानका लागि हरसम्भव कसरत गरिरहेका होलान् भनेर आशा गरिएकाहरु नै एक पछि अर्को संकट लम्व्याउने कार्डको प्रयोग गरिरहेका पाइएको छ । 
 
संकट समाधानको बाधक सत्तारुढ दलहरु नै रहेको भन्ने आन्दोलनरत पक्षको आरोपप्रति अहिले भने सर्वसाधारण पनि सहमत हुन थालेका छन् । सत्तारुढ दलहरुकै व्यवहारले गर्दा आफुहरु पनि मधेशी मोर्चाको आरोपमा सत्यता देख्न थालेको आम नागरिकको भनाई छ । 
 
अहिलेको संकट समाधानका लागि अनिवार्य मानिएका पक्षलाई नै चिड्याएर संकट लम्ब्याउदै लैजाने रणनीतिमा सत्तारुढ दलहरु लागेको पाइएको छ । मधेशमा सय दिन देखि आन्दोलन गरिरहेको मधेशी मोर्चा, मुलुकको सबै भन्दा ठुलो पार्टी तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र छिमेकी राष्ट्र भारत अहिलेको संकट समाधानका मुख्य पक्षका रुपमा रहेकाले उनीहरुसंग समन्वय गर्नुको सट्टा उनीहरुलाई नै विच्क्याउने काम सत्तारुढ दलहरुले गरिरहेका छन् । 
 
संकट लम्याउन के–के भयोे कसरत ? 
मधेशी मोर्चालाई अहिलेको सरकारमा सहभागी दलका नेता तथा उपप्रधानमन्त्री र मन्त्रीहरुले नै अनावश्यक गाली गलौज र अपशब्द प्रयोग गरिरहेका छन् । उनीहरुको गाली गलौजले मधेशीको मन मुटुमा गोलीले भन्दा बढी घोचेको मधेशी अगुवा रामजीवन सिंह बताउछन् । 
भाषणमा बढी क्रान्तिकारी देखिने तर व्यवहारमा वरको सिन्को पर नसार्ने सरकार पक्षीय नेताहरुकै कारण समस्या बल्झीदै गएको सिंहको  ठम्याई छ । त्यस वाहेक वार्तामा बस्ने तर, अर्को वार्तामा सहभागी हुनु भन्दा पहिले गर्नु पर्ने शर्तहरु पूरा नगरी झुक्याउने काम सरकारी वार्ता टोलीले पटक–पटक गर्दै आइरहेको छ ।
 
निर्णायक वार्ता भन्दै वार्ताका लागि कुनै तयारी नगर्ने, निर्णायक वार्ताका बारेमा पूर्व छलफल नगर्ने लगायतका अपरिपक्व व्यवहार सरकारी पक्षले गरेको मधेशी मोर्चाका नेताहरुले भन्दै आएका छन् । पूर्वतयारी र पूर्वाभ्यासबिना नै प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छठ पर्वको समापनको दिन निर्णायक वार्ता हुने भन्दै भाषण गर्दै हिडेपछि मधेशी मोर्चाका नेताहरुले अपमानित महशुष गर्नुका साथै उनिहरुको अपरिवक्व व्यवहारका कारण सरकार प्रति विश्वास नै गर्न छाडेका छन् । यसरी सरकारले समस्या समाधानको मुख्य पक्ष मोर्चालाई विच्क्याएको छ ।
 
यस्तै, सरकारले सहकार्य गर्नै पर्ने अर्को पक्ष नेपाली काँग्रेसलाई पनि सरकारी पक्षले दिनप्रतिदिन टाढा धकेल्न खोजेको प्रष्टिदैं गएको छ । छठको समापनको दिन निर्णायक भनिएको वार्ताका लागि ओली र दाहालले काँग्रेसलाई खवरै नगरी आफुहरुले मात्रै निर्णायक वार्ता गर्ने जस्तो सन्देश दिए, फलस्वरुप काँग्रेसले आफुहरुलाई निर्णायक वार्ताका बारेमा थाहा नभएको भन्दै सहभागिता नजनाएपछि वार्ता हात्ति आयो हात्ति आयो फुस्सा भने झै चियाखाजामै सिमित भयो । त्यसपछि अहिले सम्म मोर्चासंग अर्को औपचारिक बार्ता गर्ने कुनै कसरत भएको छैन भने आन्तरिक र अनौपचारिक कुराकानी समेत हुन सकेको छैन । 
 
काँग्रेसबिनाको पार्ता निर्णायक हुन सक्दैन भन्ने तथ्य जग जाहेर हुदा–हुदैंपनि सत्तापक्षीय नेताहरुले काँग्रेसलाई थाहा नै नदिई वार्ताको हल्ला गर्दै हिडेपछि काँग्रेसले पनि उनीहरु प्रति शंका गर्न थालेको थियो । काँग्रेसको शंकालाई निर्मुल पार्ने व्यवहार गर्नुपर्नेमा यहीबीचमा सरकारले काँग्रेसलाई थप टाढा थकेल्ने गरी पुनःनिर्माण प्राधिकरणको जिम्मा राष्ट्रिय योजना आयोगलाई दिने निर्णय गरेपछि काँग्रेसलाई संगै लैजान सरकार चाहदैन भन्ने पुष्टी हुदै गएको अधिकांश काँग्रेस नेताहरुको बुझाई छ । काँग्रेसले जोडतोडका साथ उठाउदै आएको पुनःनिर्माण सम्बन्धि कामलाई अगाडी बढाउन पनि सरकारले अटेर गर्दै आएपछि काँग्रेस थप शसंकित भएको छ । सरकारी पक्षको यस्तै व्यवहारका कारण संविधान कार्यान्वयन र मधेशको समस्या समाधानका लागि सरकार जत्तिकै अग्रस्थानमा देखिएको नेपाली काँग्रेस अहिले चिडिदै जान थालेको छ । 
 
प्रमुख सत्तारुढ दल नेकपा एमाले र एकिकृत नेकपा माओवादीले बनाएको वार्ता टोलीमा सहभागी हुन तयार भएको कांग्रेसलाई फेरी पाखा लगाएर सरकारी पक्ष समाधानको विन्दुमा पुग्न नचाहेको धेरैको निश्कर्ष छ । अहिलेको संकट समाधानको अर्को महत्वपूर्ण पक्ष छिमेकी राष्ट्र भारत नै हो । यद्यपि, सत्तापक्षीय नेताहरु भने राष्ट्रियता र स्वाधिनताका नाममा भारतसंग कुटनितिक र शिष्टतापूर्ण व्यवहार गर्नुको सट्टा केटाकेटी शैलीमा तल्लोस्तरको गाली गलौज र आरोप लगाउदै आएका छन् । सस्तो लोकप्रियताका लागि ठूलो कुरा गरेर समस्याको समाधान नहुने कुटनितिज्ञ डा.जयराज आचार्य बताउँछन् । 
 
“सरकारी पक्षबाट भइरहेको अहिलेको व्यवहारले तत्कालको समस्या समाधान त हुदैन हुदैन, दिर्घकाल सम्म अनेक निहुँमा भारतले अझै दुःख दिईरहन सक्छ” आचार्यले भने,–‘कुनै गोप्या बैठकमा अफ द रेकर्ड भनेर बोलिएको कुरालाई त कुटितिक निकायले रेकर्डमा राख्छ भने अहिले त खुलेआम र औपचारिक रुपमै धेरै कुरा भन्न नहुने कुरा भनिएको छ, गर्न नहुने कुरा गरिएको छ, यसको असर धेरैपछि सम्म पर्छ ।’ आचार्यका अनुसार सरकारी पक्षको अहिलेको व्यवहारबाट नेपालको कुटनीति र छिमेकीसंगको सम्बन्ध थप अन्धकार तर्फ धकेलिदै गएको छ । सत्ता पक्षको व्यवहारकै कारण अहिलेको संकट लम्बिदै जाने देखिएको र केही गरी तत्कालका लागि समाधान भएपनि दिर्घकालिन समाधान नभई घाउ लागिसकेको आचार्यको  बुझाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ