arrow

राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
lawanya-desh.JPG

काठमाडौं ।  लेखक राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक भएको छ । एक्काईस ओटा छोटा कथाहरु संकलित यो संग्रहमा रक्त क्रान्ति, सरकारी सुरक्षा गृह, न्याय हराएको सूचनाजस्ता राजनीतिक कथाहरु छन् ।

शीर्षकथा लावण्य देशमा शिव शर्मा ब्राह्मण लावण्य देशको भ्रमण मानिस निश्केका हुन्छन् । तर, त्यहाँका बासिन्दाहरुमा लोभ, लालच र स्वार्थका लागि आत्म केन्द्रित भइसकेका हुन्छन् ।

ती मानिसमा सद्बुद्धि भरिदिन शिव शर्मा ब्राह्मण आफैले बनाएको नियम विपरीत उभिनसम्म पुग्छन् ।  तर, उनले चाहेपनि ती मान्छे लोभ, लालच र स्वार्थको दलदलमा डुबि सकेका हुन्छन् ।

लावण्य देश पढ्दै गर्दा पाठकले नेपाल नै हो भनेर सहजै अनुमान गर्न सक्छन् । शीर्षकथा जस्तै अन्य कथाहरुमा पनि सामाजिक विसङ्गति र विकृतिका कथाहरु छन् ।

लेखक अधिकारीले अन्य कथाहरुलाई मासु, जनै, भाले, काम, बन्ध्याकरण, माछामाछाभ्यागुतो जस्ताछोटा र रोचक शीर्षकमा प्रस्तुत गरेका छन् ।

संग्रहमा भएका कथाहरुमा आफूले समसामयिक र समाजका सबै पक्षको प्रतिनिधित्व गर्न खोजेको लेखक अधिकारी बताउँ छन् ।

लेखकले नयाँ पुस्तामा देखिएको अन्योल, पुस्तान्तर, लैंगिक असमानताजस्ता विषय पनि कथामा समेटेका छन् । वी रिडले प्रकाशनमा ल्याएको १८४ पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ