arrow

नेपाल प्रहरीका ६९ डीएसपीको सरुवाः ललितपुर परिसरमा थापा, दोलखामा रिजाल

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
nepal-police-logo.png

काठमाडौं। मंगलबार ३० जना एसपीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले ६९ जना डीएसपीहरुको पनि सरुवा गरेको छ । 
प्रहरी महानीरिक्षक शैलेश थापा क्षेत्रीले मंगलबार नै ६९ जना डीएसपीको पनि सरुवा गरेका हुन् । 

सरुवा सूची अनुसार अर्जुन रानाभाटको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्साल सरुवा भएको छ । यसैगरी इलाका प्रहरी कार्यालय लाहान सिरहामा रहेका डिएसपी शरतकुमार थापा महानगरीय प्रहरी परिसर ललितपुर सरुवा भएका छन् । परिसर ललितपुरमा रहेका सन्तोष तामाङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल पुगेका छन् । 

सरुवाको सूचीअनुसार कबित कटुवाल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, कुलदीप चन्द इलाका प्रहरी कार्यालय कोहलपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी, भेषराज रिजाल जिल्ला प्रहरी कार्यालय दोलखामा सरुवा भएका छन् । सरुवा भएका सबैले यो महीनाको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ