arrow

पर्सा प्रहरी ११४ केजी चरेस समातेको सार्वजनिक गर्न आलटाल गर्दै

logo
दिपेन्द्र चौहान
प्रकाशित २०७७ पुष २३ बिहिबार
hassis-charesh-baramad.jpg

पर्सा। दुई पोका कपडा बरामद गरेको समाचार प्रेस विज्ञप्ती निकाल्न हतार गर्ने जिल्ला प्रहरी कार्यालय पर्साले ११४ केजी चरेस सहित कारोवारीहरु पक्राउ परेको समाचार प्रेसित गर्न ढीलाई भएपछि प्रहरी भित्रै खैलाबैला मच्चिएको छ। 

बुधवार राती ८ वजे परवानिपुरबाट ड्राइपोर्ट जाने सडकखण्डमा दुई नम्बर प्रदेश प्रहरीले बरामद गरेको ११४ केजी चरेस जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाइएको थियो । प्रदेश प्रहरीले थाहा नगरपालिका वडा नम्बर ११ बस्ने शेर बहादुरका छोरा बर्ष ३४ का रविन तामाङलाई भारी मात्रामा चरेस सहित नियन्त्रणमा लिएको थियो । बुधवार राती नै भएको पक्राउको बारेमा पर्सा प्रहरीले बिहिवार साँझसम्म पनि प्रेसलाई जानकारी गराएको छैन् । 

जिल्ला प्रहरी कार्यालयलाई पक्राउ तथा वरामद गरेर पठाए पनि जिल्ला प्रहरी कार्यालयले भने यसबारेमा संचारमाध्यमलाई औपचारीक रुपपा जानकारी गराएको छैन । ‘अरु बेला ५ पोका कपडा समात्दा सार्वजनिक गर्ने हाम्रो सरहरु यसबारेमा किन ढीलाई गर्दैछन्,’ एक जुनियर प्रहरी अधिकृतले प्रश्न गरे, ‘कतै दालमा कुछ कालो त छैन?’ 

यसअघी पनि जीतपुरका अजय जयसवाललाई तस्करीको मोवाइल सहित पक्रेर जिल्ला प्रहरी बुझाउँदा पनि सेटिङमा छोडिएको थियो। कतै यो पटक पनि त्यस्तै गर्न लागिएको हैन भन्ने आशंका प्रहरी भित्रै उब्जिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ