arrow

भन्सार छुटमा पाइने चार पाङ्ग्रे स्कुटर कसरी लिने ? के छ प्रक्रिया ?

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
scooter-handicapped.jpg.jpeg
काठमाडौं। शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरुलाई सहज हिड्ढुल गर्नको लागि चार पाङ्ग्रे स्कुटरमा सरकारी भन्सार तथा अन्य शुल्क नलाग्ने भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर सरकारले हिड्ढुल गर्न सहज होस भनेर बिगत केही बर्ष देखि चार पाङ्ग्रे स्कुटरमा भन्सार छुट दिइदै आएको छ । भन्सार छुटको चार पाङ्ग्रे स्कुटर  कसरी लिने भन्ने प्रक्रिया नजान्दा धेरैले प्रयोग गर्न पाएका छैनन् । यस्ता स्कुटरहरुलाई उच्च प्राथमिकता दिएर लाइन नराखिकनै इन्धन दिने ब्यवस्था समेत गरिएको छ । 
 
सरकारले भन्सार महसुल नदिईकनै चार पाङ्ग्रे मोटरसाईकल खरिद गर्नसक्ने व्यवस्था गरेको धेरै बर्ष भइसके पनि उलेख्य ब्यक्तिहरुले यो सुबिधा लिएका छैनन् । चार पाङ्ग्रे स्कुटर लगायत अपाङ्गता भएका ब्यक्तिले बिभिन्न बस्तुहरुमा समेत भन्सार छुट पाउँदै आएका छन् ।
 
आर्थिक विधेयकले समेत अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने उपशीर्षक ९४०१.८०.०० मा पर्ने कमोड चियर, उपशीर्षक ९४०३.७०.०० मा पर्ने वाकर, उपशीर्षक ८७१२.००.०० मा पर्ने ट्राई साइकल र उपशीर्षक ९०२१.९०.०० मा पर्ने 
बैशाखीहरू पूर्ण रूपमा भन्सार छुट प्राप्त गरी नेपाल पैठारी गर्नसक्ने व्यवस्था स्पष्टसँग उल्लेख गरेको छ ।
यसरी सरकारले स्पष्टसँग अपांगता भएका व्यक्तिहरूको पहिचान हुने परिचयपत्र भएकाहरुले आवश्यक प्रक्रिया पुर्‌याएर चारपाँग्रे स्कूटर भन्सार महसुल छुटमा खरिद गर्न सक्ने व्यवस्था गरिएको भन्सार विभागका प्रवक्त सूर्य सेढाईँले जानकारी दिए ।
 
कस्तो छ प्रक्रिया ?  
कसरी पाइन्छ त भन्सार छुटमा स्कूटर ?  यो सबैलाई जिज्ञाशाको विषय बन्न सक्छ । भन्सार विभागका निर्देशक एव्र प्रवक्ता सेढाईँका अनुसार कुनै पनि जिल्लाको हकमा स्थानीय प्रशासनद्वारा अपांगता भएको हो भनेर दिएको प्रमाणपत्र वा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले अपांगता भएको हो भनेर दिएको कुनै परिचयपत्र लिएर सम्बन्धित व्यक्तिले जिल्ला प्रशासन कार्यालय वा केन्द्रको हकमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा गएर जुन भन्सारबाट भित्राउने हो सोही भन्सारलाई लेखिदिएको सिफारिस लिएर जानुपर्नेछ । आफ्नो सक्कल प्रमाणपत्र र जिल्ला प्रशासन कार्यालय वा केन्द्रको हकमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले दिएको सिफारिस बोकेर सम्बन्धित व्यक्ति खरिद गर्न जान सक्नेछ । तर यसरी खरिद गरिएको सामानको भ्याट विल सम्बन्धीत व्यक्तिको नाममा नै काटेको हुनुपर्ने छ भने स्कूटर ल्याएपछि पनि सोही व्यक्तिको नाममा दर्ता गर्नुपर्ने छ । तर, यसरी सिफरिस बोकेर गएको कुनै पनि व्यक्तिले भन्सारमा कुनै पनि शुल्क तिर्नु नपर्ने प्रवक्ता सेढाईँले जानकारी दिए ।
 
भन्सार तिरेर कुनै पनि आयातकर्ताले ल्याएको स्कूटरलाई पनि थप दुई पाँङ्ग्रा थपेर अपांगता भएका व्यत्तिःहरूको लागि उपयुक्त हुने बनाईएको खण्डमा सो सवारीको भन्सारमा लागेको रकम समेत धरौटी सम्झिएर फिर्ता हुने समेत व्यवस्था रहेको सेढाईँले जानकारी दिए । उनका अनुसार यसरी कर फिर्ता गर्नको लागि उक्त मोटरसाईकललाई अपाङ्ग मैत्री बनाईएको प्रमाणसहित समाजकल्याण मन्त्रालयमा दर्ता गराउँदै कुनैपनि सरकारी निकायले अपांगता भएको प्रमाणित हुने परिचयपत्र लिएर उक्त स्कूटर नेपाल ल्याउँदा लागेको स्कूटरको भन्सार महसुल समेत फिर्ता हुने विभागका प्रवक्ता सेढाईँले जानकार दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ