arrow

झापामा ब्राउनसुगर कारोबारिको बिगबिगी, शुक्रबार थप २ जना पक्राउ

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ पुष २५ शनिबार
brown-sugar.jpg

झापा। झापाको भद्रपुर नगरपालिका १० बाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ परेका छन्। बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित शुक्रवार अपरान्ह ५ बजे दुइ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका १५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी रहेका छन्। झापाबाटै बिहिवार राती ब्राउनसुगर सहित ६ जना पक्राउ परेका थिए।

बिहिवार राती साँढे ६ बजे ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा न १४ बाट स्थानीय ३० बर्षीय धनबिर राजवंशी, भद्रपुर नगरपालिका वडा न ११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका ९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो।

यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती साँढे ७ बजे शिवसताक्षी नगरपालिका १०बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँउपालिका ६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका वडा न १ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ