arrow

हुम्लामा ओली र प्रचण्ड-माधव समूहबीच झडप, वडाध्यक्ष थापा घाइते

हेलिकप्टर चार्टर गरि उपचारका लागि ल्याइयो सिमकोट

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ माघ ५ सोमबार
humla2.jpg

हुम्ला । हुम्लाको अदानचुली गाँउपालिकामा नेकपाको ओली र प्रचण्ड-माधव समूहबिच झडप भएको छ । समूहबीच झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् । घाईते थापालाई थप उपचारका लागि हेलिकप्टरबाट जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।

आइतबार दिउसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले बताएका छन् ।

थापाको टाउको तथा मुखमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइ उपचार गरिएको भए पनि स्थानीय स्वास्थ्य चौकीमा वडाध्यक्ष थापाको उपचार नहुने भएपछि माउण्टेन एयरको हेलिकप्टर चार्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको अध्यक्ष फडेराले बताए ।

वडाध्यक्ष थापाको अहिले जिल्ला अस्पताल सिमकोटमा उपचार भईरहेको छ । पूर्व माओवादीबाट वडाध्यक्षमा निर्वाचित थापा नेकपा दुई समुहमा बिभाजित हुँदा उनी अहिले ओली समूहमा लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ