arrow

मंगलबार काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
bijuli.jpeg

काठमाडौं । आवश्यक मर्मत गर्नुपर्ने भन्दै विद्युत प्राधिकरणले मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठको सवस्टेशनबाट आपुर्ति भइरहेको विद्युत बन्द हुने भएको हो ।

बूढानीलकण्ठको सवस्टेशनबाट वितरण हुने डाँडागाँउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटारमा बती आउने छैन् । त्यस्तै महाराजगञ्ज वितरण केन्द्रबाट विरतण हुने बसुन्धरा, गोंगबु, मित्रनगर, गोंगबु गणेशस्थान र बसपार्क क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो  

डाँडागाँउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपुर्ति बन्द हुनेछ भने बसुन्धरा, गोंगबु, मित्रनगर, गोंगबु गणेशस्थान र बसपार्क क्षेत्रमा दिउँसो ३ बजेबाट ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।



नयाँ