arrow

शान्ति र सद्भावकालागि ऐक्यवद्धता

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1124954560.jpeg
काठमाडौं। देशमा बढ्दो असहज परिस्थितिका बाबजुत शान्ति र सद्भावका लागि एकजुट गर्न प्रेरित गर्ने उदेश्यले राजधानीमा शान्ति तथा सदभाव ऐक्यवद्धता कार्यक्रमको आयोजना गरियो ।
 
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रक्ट ३२५ वि २ का गभर्नर डीके ढुंगानाले देश मानवीय संकटमा फस्न लागेको हुनाले सवै नागरिक संयमित बन्नु पर्ने भन्दै सबै नागरिकको ऐक्यवद्धताले नै राज्य मजबुत हुने बताउनुभयो । 
 
पूर्व सभासद शान्ता चौधरीले तराईको आन्दोलनमा मधेसी र थारुहरुले आन्दोलन नगरेको स्पष्ट पार्दै थारु र मधेसीको नाममा अरुलेनै आन्दोलन गरिरहेको दावी गर्नुभयो ।
 
लायन्स क्लब अफ काठमाण्डौं निर्वानाको आयोजनामा भएको उक्त कार्यक्रममा क्लवका अध्यक्ष भोजराज न्यौपाने विरामीले औषधि खान नपाउने, वालवालिकाले स्कुल जान नपाउने सम्मको मानवीय संकटले भयावह रुपले लिएको हुनाले देशका सबै नागरिक एकजुट हुन र शान्ति तथा सद्भाव कायम गर्न सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । 
 
कार्यक्रममा मधेसी, लिम्बु, नेवार, मुस्लिम, मगर, तामाङ, क्षेत्री, मारवाडी, शेर्पा लगायतका जनजातिको भेषभुसामा सर्वसाधारण उपस्थित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ