arrow

टोड्केपानीमा बोलेरो दुर्घटना, चम्पामायाको घटनास्थलमै मृत्यु

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
Mahindra-Bolero-Right-Rear-Three-Quarter-80019.jpg

सिन्धुली । यहाँको तीनपाटन गाउँपालिका-४ टोड्केपानीमा डबल क्याब बोलेरो मंगलबार दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य पाँच घाइते भएका छन् ।

दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका-११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा दुधौली नगरपालिका-४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका-३ कालापानी बस्ने ५३ वर्षीय  पृथ्बीनारायण श्रेष्ठ, दुधौली-६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका-१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए ।

घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । घाइते उपचारपश्चात फर्किएको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए ।

दुधौली नगरपालिका-४ टोड्केपानीस्थित ग्रामीण सडकखण्डमा डकाहाबाट चकमकेतर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको  डबल क्याप बलेरो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ