arrow

मानवीय संवेदना गुमाएको आन्दोलनमा बल प्रयोग, दुईजनाको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
68516807.jpeg
सप्तरी । राजमार्ग केन्द्रित मधेसी मोर्चाको आन्दोलन थप हिंसात्मक बन्दै गएको छ । मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा शनिबार अबेर भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले सडक अवरुद्ध गरेपछि खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । 
 
झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा बलिया बतनाहा गाविस– १ का १५ वर्षीय नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोली लागेर सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ । 
 
प्रहरीको गोली लागेर भारदह र रुपनीमा २४ बढी मोर्चा कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । सख्त घाइते भएकाहरुको हात, खुट्टा, टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 
 
शनिबार राति १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सुरु भएको तनाव अझै सेलाएको छैन । यता प्रहरीले दिनहुँ राजमार्ग हुँदै सवारी साधनमा सुरक्षा दिने गरे पनि राजमार्ग क्षेत्रमा रातभरिको प्रदर्शन र झडपका कारण कुनै पनि सवारी साधन चल्न सकेनन् । 
 
यस्तै, सप्तरी प्रशासनले आइतबार विहानदेखि राजमार्ग क्षेत्रअन्तर्गत कोसी ब्यारेजदेखिको भारदह, कञ्चनपुर, रुपनी र कदमहा सडकखण्डसहित सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । फाइल:तस्वीर 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ