arrow

विद्यार्थीसँग कक्षाकोठामा सांसद मल्ल

logo
राम धामी,
प्रकाशित २०७७ माघ ११ आइतबार
samsad-malla.jpg

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले कक्षा कोठामा पुगेर विद्यार्थीहरुसँग सामाजिक विकृती हटाउनका लागि छलफल अन्तरक्रिया गरेका छन् ।   आइतबार डडेल्धुरा सदरमुकाम नजिकैको अमरगढी नगरपालिका–८ स्थित भागेश्वर माध्यामिक विद्यालय टाँटरमा पुगेर सांसद मल्लले विद्यार्थीहरुसँग छलफल अन्तरक्रिया गरेका हुन् ।

राष्ट्रका कर्णाधार मानिने विद्यार्थी बर्गले चाहेमा सामाजिक परिवर्तन अपेक्षित रुपमा चाँडै हुनसक्ने भन्दै सांसद मल्लले समाजमा व्याप्त विकृती र विसंगति हटाउनका लागि विद्यार्थीहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने आँैल्याए ।

‘आफ्ना अभिभावकहरुले अत्याधिक मदिरा सेवन गरेर घरेलु हिंसा गर्दा विद्यार्थीहरुले चुप्प लागेर बस्नु हुँदैन,’ सांसद मल्लले भने, ‘छाउपडी कुप्रथा, जातीय विभेद, लैगिंक विभेद जस्ता सामाजिक विकृतीहरुका बिरुद्ध आवाज उठाउने र अभिभावकहरुलाई सचेत पार्ने काममा विद्यार्थीहरुले भूमिका निर्वाह गर्नु जरुरी देखिएको छ ।’

विद्यार्थीहरुले घर परिवारमा सामाजिक विकृती बिरुद्ध जनचेतना अभिवृद्र्धीका साथै व्यवहार परिवर्तन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नसक्ने बताउदै सांसद मल्लले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हुने अपराधिक कृयाकलापहरुको मुख्य कारण अत्यधिक मदिरा सेवन गर्ने प्रवृती रहेकोले मदिरा सेवन गर्ने आफ्ना अभिभावकहरुको बानी सुधार्न विद्यार्थीहरुले एकतावद्ध रुपमा अभियान सञ्चालन गर्नसक्ने सुझाव दिए ।

आइतबार अमरगढी नगरपालिका–७ स्थित उग्रतारा माध्यामिक विद्यालयलाई साईन नेपाल नामक गैर सरकारी संस्थाले हस्तान्त्ररण गरेका १० थान कम्युटर प्रदान गर्न विद्यालय पुगेका सांसद मल्लले नजिकैरहेको भागेश्वर माविमा पुगेर विद्यार्थीहरुसँग छलफल अन्तरक्रिया गरेका हुन । सांसद मल्लले कक्षामा पुगेर अन्तरक्रियागर्दा धेरै कुरा सिक्ने मौका मिलेको र आफुले सिकेका कुरा सामाजिक परिवर्तनका लागि व्यवहारमा लागूगर्ने विद्यार्थीहरु बताउछन् ।

साईन नेपालका अध्यक्ष भक्तराज जोशीले ग्रामीण क्षेत्रका सामुदायीक विद्यालयहरुमा कम्प्युटर शिक्षाको आवश्यकतालाई मध्यनजर गरेर उग्रतारा माविलाई १० थाल कम्प्युटर हस्तान्तरण गरेको जानकारी दिए । सो संस्थाले कोरोना महामारीका बेलासमेत सुदूरपश्चिम प्रदेशका बिभिन्न स्थानमा राहात वितरणमा सघाएको अध्यक्ष जोशीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ