arrow

झापामा चार जना प्रतिबन्धित लागू औषधसहित समातिए

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ माघ १२ सोमबार
drugist.JPG

झापा । झापाको बिर्तामोड ४ भद्रपुर रोड र बिर्तामोड ६ बुटाबारी एरियाबाट लागू औषध खैरो हिरोईन (ब्राउनसुगर )सहित तीन जना पक्राउ परेका छन । भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका ५ शर्णामतीका ३० बर्षिय मिलन राजवंशी रहेका छन । उनलाई १२ ग्राम खैरो हिरोईन ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड ६ का २० बर्षिय सुनिल राई र बिर्तामोड ७ का २३ बर्षिय रुपेश गुरुङ रहेका छन । उनीहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन (ब्राउनसुगर)सहित पक्राउ गरिएको हो । विशेष सुराकीका आधारमा तीनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको हो ।

 यस्तै आईतबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ९ मगर चोक एरियाबाट बाह्र सय ग्राम गाँजासहित बुद्धशान्ती १ का ५३ बर्षिय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ ।

प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका चार जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ