arrow

सशस्त्र क्रान्ति गर्ने उद्घोषसहित दुई माओवादी पार्टीवीच एकीकरण

बैद्य र विप्लवसँग पनि छिट्टै एकता

logo
प्रकाशित २०७३ असार २ बिहिबार
maoo.jpg.jpeg
काठमाडौ । दश वर्षे माओवादी क्रान्तिलाई पूर्णता दिन फेरि पनि शसस्त्र क्रान्ति गर्ने उद्घोषसहित दुई माओवादी पार्टीहरुवीच एकीकरण भएको छ ।  हेमन्तप्रकास ओलीले नेतृत्व गरेको कम्यूनिष्ट न्यूक्लियस नेपाल र भुपेन्द्र न्यौपानेले नेतृत्व गरेको नेकपा माओवादी (क्रान्तिकारी)ले जनवादी क्रान्तिलाई पुरा गर्न शसस्त्र क्रान्तिमा जाने उद्घोषसहित विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेका हुन । 
 
एकीकरणपछि पार्टीको नाम कम्यूनिष्ट न्यूक्लियस नेपाल राखिएको छ भने पार्टीको संयोजकमा पनि हेमन्त प्रकाश ओलीलाई नै चयन गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै ओलीले विना दलाल नोकरशाही विरुद्ध लड्न शसस्त्र क्रान्तिको आवश्यकता रहेको दावी गर्दै शसस्त्र क्रान्तिपछि सास्कृतिक क्रान्ति गर्ने कार्यदिशामा दुई पार्टीवीच एकीकरण भएको स्पष्ट पारे । 
 
उनले आफूहरुले अहिलेको राज्य सत्ताको समानान्तर रुपमा मोडल निर्माण गर्दै अघि बढ्ने योजना सुनाउँदै दुई पार्टीवीचको एकता क्रान्तिकारीहरुवीचको धु्रविकरणको सुरुवात भएको बताए । ओलीले मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीवीच पनि छिट्टै एकता हुने दावी गर्दै सबै कम्यूनिष्ट क्रान्तिकारी मिलेर समाज विज्ञानमा नयाँ आयाम थप्ने स्पष्ट पारे । 
 
नेकपा माओवादी (क्रान्तिकारी) का पोलिटब्यूरो सदस्य कृष्ण धमलाले प्रचण्ड र बाबुराम भट्टराईले  नेपाली क्रान्तिलाई धोका दिएकोले फेरि त्यो कार्यभार पुरा गर्न सेना, अदालत, पार्टी र मोर्चा बनाएर अघि बढ्नु पर्ने आवश्यकता भएको भन्दै छिट्टै धु्रविकरण गरेर संसदबादीहरु विरुद्ध लड्नु पर्नेमा जोड दिए । 
 
नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका पोलिटब्यूरो सदस्य सन्देश पौडेलले माओवादी केन्द्र संसदीय भासमा फसेकोले आफूहरुले बाध्य भई विद्रोह गर्नु परेको उल्लेख गर्दै सच्चा क्रान्तिकारीहरुको केन्द्र निर्माण गरेर विद्रोहको बाटोमा अघि बढ्नु पर्ने बताए ।
 
दुई पार्टीले सात बुँदे कार्यदिशा तय गरेका छन । जसमा अधुरो जनवादी क्रान्तिलाई पुरा गरेर शहीद, घाईते, अपाङगहरुको सपना पुरा गर्ने, प्रतिक्रान्तिकारी संविधानको साटो क्रान्तिकारी संविधान समाजवादी क्रान्तिद्धारा निर्माण गर्ने, अन्तर्राष्ट्रिय कम्यूनिष्ट केन्द्रको निर्माण गर्ने, दक्षिणपन्थी संसोधनबाद, नव संसोधनबाद, छद्म अवसरबाद र दार्शनिक रुपमा भडुवाबाद लगायतका सँग लड्ने, क्रान्तिकोलागि आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लगायतका रहेका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ