arrow

बाँकेमा डा. प्रकाश थापाले लगाए कोरोनाको पहिलो खोप

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ १४ बुधबार
prakash-thapa.jpg

नेपालगन्ज । बाँकेमा पनि कोरोना विरुद्ध खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पताल नेपालगन्जलाई कोरोना खोप हस्तान्तरण गरेपछि खोप लगाउन सुरु भएको थियो ।

जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई खोप हस्तान्तरण गरेका थिए। बाँकेमा पहिलो खोप मेसु थापाले लगाएका छन् ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग, स्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाह लगायतको उपस्थिति रहेको थियो । बाँकेमा पहिलो चरणमा ७ हजार ५ सय जनालाई पुग्ने गरी खोप आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ