arrow

मोडल झैं देखिए मुख्यमन्त्री शेरधन, जाङ्मुले सार्वजनिक गरिन ‘फिल्मीशैली’को भिडियो

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
Serdhan-Janbu1.jpg

काठमाडौं । यही माघ ११ गते विवाह वन्धनमा बाँधिएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र मिस मंगोल जाङ्मु शेर्पाको रोमान्चक अर्थात फिल्मीशैलीको भिडियो तयार भएको छ ।

आफूभन्दा करिब २८ वर्ष कान्छी मोडल तथा मंगोल सुन्दरी जाङ्मुसँगको वैवाहिक समारोह र त्यसपछिका क्षणहरुको भिडियो ‘जाङ्मु इन शेर्पा’ युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा मुख्यमन्त्री राई र जाङ्मुबीचको प्रेममय रोमान्स देख्न सकिन्छ ।

‘मिस मंगोल नेपाल-२०१८’को उपाधि पाएपछि मोडलिङ क्षेत्रमा करियर बनाउँदै गरेकी जाङ्मुले मुख्यमन्त्री राईलाई पनि मोडलकै रुपमा उतारेको देख्न पाइन्छ ।

भिडियोमा ‘आधुनिक युगमा आफ्नो संस्कृति र भेषभूषालाई झल्काउँदै र नेपाली समाजमा राम्रो सन्देश प्रवाह गर्दै विवाह बन्धनमा बाँधिएका जोडी’ भनेर पनि लेखिएको छ ।

वैवाहिक समारोहमा नवजोडीले किराँत तथा शेर्पा जातीको परम्परागत पोशाकमा सजिएर सांस्कृतिक सन्देश दिन खोजेका थिए ।  तर यता कम्युनिष्ट आदर्श र विचारबाट प्रभावित मुख्यमन्त्री राईको वैवाहिक समारोहमा देखिएको तडकभडक तथा रवाफका विषयमा ब्यापक आलोचना र चर्चा भइरहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ