arrow

प्रेस युनियन इलाम अध्यक्षमा सविता पाण्डे चयन, भट्टराईले महासंघको नेतृत्व गर्ने

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
Union_ILam.jpg

इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्वका लागि नेपाल प्रेस युनियनले विप्लव(युवराज)भट्टराईलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

युनियन इलाम शाखाको शनिबार इलाममा भएको बैठकले भट्टराईको नेतृत्वमा महासंघमा जाने निर्णय गरेको हो ।

त्यस्तै महासंघ प्रदेश १ मा पूर्वअध्यक्ष तोयानाथ भट्टराईको नेतृत्वमा प्रतिनिधि पठाउने निर्णय गरेको छ । भट्टराईलाई प्रदेश पदाधिकारीमा ल्याउनेगरी पहल गर्ने निर्णय भएको छ ।

युनियनका अध्यक्ष विप्लव भट्टराईकै अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले युनियनको नेतृत्व समेत परिवर्तन गरेको छ । बैठकले युनियनको अध्यक्षमा सबिता पाण्डे र उपाध्यक्षमा विनय तिम्सिनालाई चयन गरेको छ ।

तत्कालिन अध्यक्ष भट्टराई महासंघको नेतृत्वमा जाने भएपछि युनियनको नेतृत्व परिवर्तन गरेको युनियनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ