arrow

मुसाका कारण प्रदेश १ मा टेलिकमको सेवा अवरुद्ध

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ माघ १८ आइतबार
pradesh11.jpg

झापा । नेपाल टेलिकम दूरसञ्चार कार्यालयको सेवा प्रदेश १ मा आइतबार बिहानैबाट अवरुद्ध बनेको छ । आइतबार बिहान ३ः०० बजेतिरबाट अवरुद्ध बनेको हुँदा सेवा सञ्चालन गर्न झन्डै छ घण्टा भन्दा बढी समय लागेको थियो ।                 

महोत्तरीको बर्दिवासमा मुसाले अप्टिकल फाइबरको तार काटिदिएपछि सेवा सञ्चालनमा समस्या भएको थियो । मुसाले तार काटिदिएर अप्टिकल  फाइबरको लिंक नै टुटेपछि उत्पन्न भएको समस्याका कारण सेवा अवरुद्ध भइ सेवा सञ्चालन हुन नसकेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश १ विराटनगरका प्रबन्धक राजेन्द्र महर्जनले जानकारी दिएका छन् ।                         

मर्मत सम्भारपछि बिहान ९ बजेबाट सेवा सूचारु भएको उनले बताए । सेवा अवरुद्ध हुँदा छ घण्टा सम्म प्रदेश न १ को राजधानी विराटनगर सहित प्रदेशका १४ वटै जिल्लामा टेलिकमको मोबाइल, ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन नसकेको उनको भनाइ छ । 

महर्जनका अनुसार प्रदेशमा टेलिकमका २० लाखभन्दा बढी ग्राहाक छन् । एक्कासी सेवा अवरुद्ध भएपछि ठूलो संख्यामा रहेका ग्राहक एकै पटक प्रभावित बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ