arrow

केसीमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ नगरिए सशक्त प्रतिकारमा उत्रने तरुण दलको चेतावनी

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ १८ आइतबार
kul_b.kc-tarun_dal_.jpg

नेपालगञ्ज । नेपाल तरुण दल बाँकेले तरुण दल राप्तीसोनारीका अध्यक्ष कुल बहादुर केसीमाथि भएको सांघातिक हमलामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ ।

अध्यक्ष विरेन्द्र बहादुर शाहले आइतबार एक प्रेस विज्ञप्ति निकालेर राजनीतिक आवरणमा आपराधिक क्रियाकलाप गर्नेहरुलाई तत्काल कारबाही नगरिए सशक्त प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् ।

माघ १६ गते राति ११ बजे राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईमा घरतर्फ जाने क्रममा युवा संघमा आवद्ध व्यक्तिहरुले केसीलाई विना कारण सांघातिक हमला गरी घाइते बनाएको भन्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा घटनामा संलग्न समिर भनिने सरोजकुमार विष्ट लगायतको समूहलाई पक्राउ गर्न माग गरिएको छ ।

तरुण दल बाँकेले घाइते केसीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ