arrow

अत्याधिक चिसोले नेपालगञ्जका विद्यालय बन्द

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ १८ आइतबार
nepalgunj-school.JPG

नेपालगञ्ज । नेपालगञ्जका विद्यालय सोमबारदेखि तीन दिन बन्द हुने भएका छन् ।

चिसो अत्याधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत् सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालय तीन दिनका लागि बन्द गरिएको हो । केही दिनदेखि घामै लाग्न नसक्दा चिसो अत्याधिक बढेपछि उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सोमबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मौसम अनुकूल भई घाम लागेमा माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर प्रतिकुल मौसम भइरहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ