arrow

शैक्षिक गुणस्तर सुधार गर्न डडेल्धुरामा घुम्ती बैठक शुरु

logo
राम धामी,
प्रकाशित २०७७ माघ १८ आइतबार
ddl-education-center.jpg

डडेल्धुरा । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जिल्लाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि मोवाईल घुम्ती बैठक शुरु गरेको छ । प्रत्येक चार-चार महिनामा जिल्लाका सातवटै स्थानीय तहमा घुम्ती बैठक सञ्चालन गर्ने उदेश्यले परशुराम नगरपालिकाबाट घुम्ती बैठक शुरु गरिएको शिक्षा विकास तथा समन्वय ईकाई डडेल्धुराका प्रमुख रामदत्त भट्टले बताए । भट्टले भने ‘सातवटै स्थानीय तहको शैक्षिक गतिबिधी साटासाट हुन्छ, संघीयता स्वरुप नयाँ योजना वनाउन स्थानीय सरकारलाई वल पुग्छ ।’

प्रधानाध्यापक, शिक्षक, कर्मचारी, अभिवावक र बिद्यार्थीहरुको पनि कार्यसम्पादन र मूल्याङकन हुने भएकाले घुम्ती बैठक सञ्चालन गर्न जरुरी ठानिएको उनले बताए । ‘तर यो र्पयाप्त भने होईन अझै अनुगमनको दायरा कडाईका साथ बढाउनु पर्छ ।’ सातवटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुको सहभागितामा सुरु भएको घुम्ती बैठकमा शैक्षिक गतिबिधीको बारेमा जानकारी गराइएको थियो ।

बैठकमा समग्र शिक्षा क्षेत्रका समस्या, चुनौती, अन्यौलता र नयाँ रणनिती आदान–प्रदान गरिएको परशुराम नगरपालिकाका शिक्षा शाखा प्रमुख केहरसिंह बडैलाले जानकारी दिए । जिल्लाकै ठूलो भुगोल क्षेत्र र ६३ सामुदायिक बिद्यालय रहेको परशुराम नगरपालिकाबाट बैठक शुरु गरिएको र दोस्रो बैठक अमरगढी नगरपालिकामा सञ्चालन हुने ईकाई प्रमुख भट्टले बताए ।

नेपाल सरकारको ठूलो लगानी शिक्षामा छ । लगानी अनरुप प्रतिफल दिन नयाँ–नयाँ शैली र प्रयास थालिएको भट्टको भनाई छ । परशुराम नगरपालिकमा ६३, भागेश्वर गाउँपालिकामा ३४, गन्यापधुरा गाँउपालिकामा २३, अजयमेरु गाउँपालिकामा ३१, अमगरढी नगरपालिकामा २६, नवर्दुगामा गाउँपालिकामा २७ र आलिताल गाँउपालिकामा ४३ गरेर जिल्लामा कुल दुई सय ४८ सामुदायिक बिद्यालय रहेका छन । बिद्यार्थी संख्या, भुगोलको कठीनाई लाई मध्यनजर गरी बिद्यालय समायोजन (मर्ज) प्रकृया समेत अगाढी बढिरहेको उनले बताए ।

जिल्लाको परशुराम नगरपालिकाबाट कार्यवाहक नगर–प्रमुख कलावती बोहराको संयोजकत्वमा घुम्ती बैठक उद्घाटन गरिएको हो । बैठकमा दिवा खाजा व्यवस्थापन, अभिवाबकहरुको बिद्यालय र नानीवाबुहरु प्रति न्यूनजवाफदेहीता, शिक्षक, कर्मचारीका कम जिम्मेवारीको बारेमा छलफल गरिएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ