arrow

म्यानमार भएको सैन्य 'कू' विरुद्ध विश्वको प्रतिकृया 

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
myanmar-army.jpg

काठमाडौं । म्यानमार सैन्य 'कू' भएसँगै विश्वभरबाट प्रतिकृया आउन थालेको छ । सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ आङ सान सुकीलाई म्यानमार सेनाले पक्राउ गरेको छ ।नेतृ सुकीसँगै अन्य दजर्नौं सरकारी अधिकारीहरुलाई सेनाले पक्राउ गरेको छ भने, सडकमा सेना खटाइएको छ । त्यहाँ एक वर्षका लागि संकट घोषणा गरिएको छ ।

गत नोवेम्बरको निर्वाचनमा प्रमाणबिना धाधँली भएको भन्दै आएको सेनाले अहिले असंवैधानिक तरिकाले सत्ता नै कब्जामा लिएको हो । 'कू'भएसँगै सेना प्रमुख मिन अंग लाइगं म्यानमारको राज्य प्रमुखभएका छन् ।

सेनाको यो कदमको विरोध गर्दै विभिन्न मुलुकहरुले प्रतिकृया दिएका छन् । 

अमेरिका

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रवक्ता जेन पास्कीले नेतृ सुकीलाई पक्राउ गर्दै प्रजातन्त्रलाई कमजोर बनाउँन चालिएको कदमप्रति अमेरिका चिन्तित भएको बताएकी छन् ।

अमेरिकाले 'म्यानमारको चुनावी नजिता उल्ट्याउन र प्रजातन्त्रलाई कमजोर पारिएको कदमको विरोध गर्छ, तत्काल सेना आफ्नो कदमबाट पछि हटेन भने जिम्मेवारीविरुद्ध अमेरिकाले कारबाही गर्नेछ,' पास्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अमेरिकी विदेश सचिव एन्टनी जे ब्लिंकेनले म्यानमार भएको 'सैन्य कूमाथि गम्भीर ध्यानाकर्षण' भएको भन्दै तत्काल यो कदम फिर्ता चाल्न आग्रह गरेका छन् ।

अष्ट्रेलिया

अष्ट्रेलियाका विदेशमन्त्री मारिस पेनले म्यानमारमा सेनाले कब्जा लिएको र नेतृ सुकीलाई नियन्त्रणमा लिएको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

'सेनालाई कानुनको सम्मान गर्दै कानुनी प्रकृयाबाट विवाद सुल्झाउन एवं सम्पूर्ण सरकारी अधिकारीहरुलाई तत्काल छोड्न आग्रह गर्दछौं', अष्ट्रेलियाको विदेश मन्त्रालयले भनेको छ ।

संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदको उद्घाटनसत्रको पूर्वतिर जननेताहरुलाई नजरबन्द गरेको भन्दै घटनाको गम्भीर निन्दा गरेका छन् ।

सेनाले सत्ता कब्जा गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै यसले म्यानमारको 'लोकतान्त्रिक सुधारमा गम्भीर चोट पुर्‍याउने' बताएका छन् ।

सिंगापुर

सिंगापुरको विदेशमन्त्रालयले म्यानमारका सबैपक्षलाई संयम देखाउन आग्रह गरेको छ । 

'म्यानमारमा भएको नयाँ स्थितलाई नजिकबाट नियाली रहेका छौं, यसमा संलग्न सबैपक्षले संयम अपनाएर वार्तालाप गरी शान्तिको लयमा फर्किनेछन्,' विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ह्युमन राईट वाच (एचआरडब्लु)

मानवाधिकार संगठन ह्युमन राईट वाचका एसिया निर्देशक ब्राड एडम्सले तत्कालन नेतृ सुकीलाई रिहा गर्न माग गरेको छ ।

'सेनाको यो कदमले नोबेम्बर भएको निर्वाचन र म्यानमारका जनताले आफै सरकार छनोट गर्न सक्ने अधिकारको हनन भएको छ,' एडम्सले भनेका छन् ।

'म्यानमारका नागरिकको सुरक्षा एवं अन्य खतराविरुद्ध चिन्तित रहेको भन्दै जिम्मेवार पक्षमाथि प्रतिबन्ध लगाउन', एचआरडब्लुले माग गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ