arrow

पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ र आईटीमा अब्बल

कान्तिपुर सिटी कलेज विदेश इन्टर्नसीपका लागि ‘गेट वे’ 

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
Purbanchal-University-PU.jpg

काठमाडौं। नेपालमा प्राविधिक शिक्षाको आकर्षण बढ्दो छ। विकासोन्मुख देश भएकाले पनि प्राविधिक विषय पढ्न रुचाउने विद्यार्थीको चाप कलेजहरुमा उच्च छ।विनाशकारी महाभूकम्पपछि पुनःनिर्माणका काम र भौतिक पूर्वाधार निर्माणका कामहरु धमाधम भइरहेकाले प्राविधिकतर्फ इन्जिनियरिङ विषयको अध्ययन गर्न रुचाउने विद्यार्थीको संख्या बढ्दो छ। इन्जिनियरिङ सँगसँगै सूचना प्रविधि अर्थात आइटी विषयप्रति विद्यार्थी क्रेज उच्च छ।

नेपालका हाल ६ वटा विश्वविद्यालयले इन्जिनियरिङ शिक्षालाई विशेष ध्यान दिएर पाठ्यक्रमहरु तयार गरेका छन्। माध्यमिक शिक्षा अर्थात 'प्लसटु'को अध्ययन सकेपछि इन्जिनियरिङ र आइटी विषय छनोट गरी पढ्न रुचाउने विद्यार्थीका लागि सम्बन्धनप्राप्त करिब ५० वटा कलेजले भर्ना लिइरहेका छन्। यस बर्षको भर्ना प्रक्रिया सुरु भएको छ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतबाट सम्बन्धन लिएका वा आगिंक कलेजहरुले इन्जिनियरिङ शिक्षालाई विशेष प्राथमिकताका साथ अध्यापन गराइरहेका छन्।

विगत एकबर्ष कोरोना भाइरसको महामारीका कारण कक्षा संचालनमा केही समस्या भएपनि यसबर्ष इन्जिनियरिङका कक्षाहरुमा कुनै अवरोध नआउने कलेज संचालकहरुको भनाइ छ। त्यसमध्ये पनि पूर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरिङ र आइटी शिक्षालाई आफ्नो मेरुदण्ड नै ठानेर शैक्षिक कार्यक्रमहरु तयार गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयमा पूर्ण सम्बन्धन पाएका १ सय २७ वटा र आठवटा आगिंक कलेजहरु छन्। ति कलेजहरुमा इन्जिनियरिङ र आइटी विषयका लागि विद्यार्थीहरुको क्रेज बढी रहेको पाइन्छ।

पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन प्राध्यापक देवीप्रसाद भट्टराई भन्छन्, ‘तुलनात्मक रुपमा अन्य विश्वविद्यालयको दाँजोमा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा पढाइ र नियमित कक्षा संचालनका हिसाबले राम्रो मानिएकाले पनि धेरै विद्यार्थीहरुको रोजाइमा परेको हो,’ उनले भने,‘पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रम साथै शैक्षिक नीति पनि विद्यार्थीलाई विश्वस्त तुल्याएको हो ।’

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको काठमाडौं पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजले इन्जिनियरिङ र आइटी विषयको पढाइलाई पृथक र गुणस्तरीय बनाएकाले विद्यार्थीको आकर्षण बढेको निमित्त क्याम्पस प्रमुख राजु कट्टेलको बुझाइ छ। कट्टेल भन्छन्, ‘विषेशत हाम्रो प्राथमिकता भनेको भर्ना भएका विद्यार्थीलाई कोर्ष पूरा गरेपछि आत्मसन्तुष्टि दिलाउनु मात्र होइन इन्टर्न गरिसकेपछि ब्यवहारिक रुपमा अब्बल बनाउनु हो।’

‘कान्तिपुर सिटी कलेजमा इन्टरनेशनल इन्टर्नसीपको व्यवस्था नै नेपालकै लागि पहिलो र नौलो हो। किनकी दिगो विकास लक्ष्य अनुरुप स्थापित युनाइटेड यूएन एसडीएसएनको एकेडेमिक सदस्यका रुपमा हाम्रो कलेजले मान्यता पाएको छ,’उनले भने, ‘यस कार्यक्रममार्फत विविध प्राविधिक विषयका विद्यार्थी विभिन्न देशहरुमा तलबी इन्टर्नसीप अनुभवका लागि जान पाउँछन् भने विदेशबाट प्राविधिक विषयका विद्यार्थीहरु नेपाल आउन पाउँछन्, त्यसैले हामी ‘गेट-वे’का रुपमा स्थापित छौं।’

त्यसबाहेक केसीसी एक्जिबिसन, विभिन्न सेमिनार, कार्यशाला लगायतका कार्यक्रमले पनि कान्तिपुर सिटी कलेजलाई स्थापित गराएको निमित्त क्याम्पस प्रमुख कट्टेलको धारणा छ।

एक्मी इन्जिनियरिङ कलेजका प्रमुख प्रदीप पौडेलका अनुसार इन्जिनियरिङ र आईटी शिक्षा भनेको सैद्धान्तिक भन्दा पनि ब्यवहारिक शिक्षा भएकाले यसमा विद्यार्थीहरुको आकर्षण बढी भएको हो। पौडेल भन्छन्, ‘इन्जिनियरिङ मध्य पनि बिई सिभिल र बिई आर्किटेक्चरमा विद्यार्थीको क्रेज धेरै छ। किनकी सिभिल र आर्टिटेकमा विद्यार्थीहरुको आकर्षण हुनु भनेको नेपालमा भौतिक विकास निर्माणका कामहरु धमाधम भइरहेकाले त्यस क्षेत्रमा जनशक्ति आवश्यक भएकाले आकर्षण बढेको हुनुपर्छ।’

त्यस्तै नेपालमा सूचना प्रविधिको विकाससँगै यस विषयसँग सम्बन्धित कोर्षहरु पढ्ने विद्यार्थीको संख्या बढ्नु अस्वभाविक नभएको कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङ(सिआईटिइ)प्रमुख सुधिर गुरागाईंको भनाइ छ। कोभिड-१९ का कारणले पनि आईटी क्षेत्रमा मानिसहरुको पहिलो प्राथमिकता परेको छ।

प्रमुख गुरागाईं भन्छन्, ‘विद्यार्थीले पनि आईटी र इन्जिनियरिङ क्षेत्रमा नै राम्रो भविष्य देखेका छन्। त्यसमध्ये ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी(विआईटी), ब्याचलर अफ कम्युटर एप्लीकेसन(विसिए) त्यस्तै ब्याचलर अफ कम्युटर इन्जिनियरिङमा धेरैको आकर्षण छ,’ उनले भने,‘आजको युग भनेकै सूचनाको युग हो र प्रविधिको युग हो त्यसैले आईटी र इन्जिनियरिङ विषय विद्यार्थीको प्राथमिकतामा छ।’

कोर्ष र खर्च

पूर्वाञ्चल विश्वविद्यालयका क्याम्पसहरुमा पढाइ हुने डिप्लोमा लेभलका इन्जिनियरिङ कोर्ष पूरा गर्न चार बर्ष निर्धारण गरिएको छ। जसमा आठ सेमेस्टर तोकिएको छ। सोही अनुसार मास्टर्सका लागि पनि समय निर्धारण गरिएको छ। विद्यार्थी भर्ना हुनका लागि कलेजहरुले आफ्नो भौतिक संरचना र क्षमता अनुसार पनि विद्यार्थी भर्ना लिइरहेका छन्।भर्ना भएका विद्यार्थी मध्ये ५ प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति र पाँच प्रतिशत  विद्यार्थीहरुलाई ८० प्रतिशत छात्रवृत्ति दिहिरहेको कलेजहरुले जनाएका छन्।

हुनत कलेजहरुको स्तर, गुणस्तर, सेवा सुविधाका हिसाबले पढाइमा लाग्ने खर्च निर्धारण गरिएको छ। खर्च यतिनै लाग्ने भन्ने निश्चित नभएपनि कलेज अनुसार स्नातक तहमा इन्जिनियरिङ विषयको आठ सेमेस्टर पूरा गर्दा ९ लाख ५० हजार देखि १२ लाख रुपैंयाँको हाराहारीका खर्च हुने तथा  र आईटी विषयको आठ सेमेस्टर पूरा गर्दा ५ लाख देखि ८ लाखसम्म खर्च छ।

नेपालमा हाल त्रिभुवन, पूर्वाञ्चल, पोखरा, काठमाडौं, मध्यपश्चिमान्चल, सूदुरपश्चिमान्चल विश्वविद्यालयमा इन्जिनियरिङ पढाइ हुन्छ । इन्जिनियरिङका पनि विभिन्न विधा र क्षेत्रहरु छन् । कोर्षहरु भिन्न भिन्नै छन्।

जस्तोः सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ, मेकानिकल, बायोमेडिकल, इन्ड्रष्ट्रियल, अटोमोबाइल आदि हुन । बिई सिभिल, बिइ आर्किटेक्चर त्यस्तै स्नाकोत्तरतर्फ विएसी इन्फरमेसन सिस्टम इन्जिनियरिङ र एमएस्सी इन्जिनियरिङ म्यानेजम्यान्ट कोर्षहरु छन् । स्नातकतर्फ नै बिई कम्युटर पनि पढाइ हुन्छ ।

ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी(विआइटी), ब्याचलर अफ कम्युटर एप्लीकेसन(विसिए) त्यस्तै ब्याचलर अफ कम्युटर इन्जिनियरिङका कोर्षहरु पनि पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा पढाइ हुन्छ । अन्य विश्वविद्यालयबाट सम्बन्धन लिएका क्याम्पसहरुमा पनि यसबर्षको भर्ना प्रक्रिया अघि बढेको छ । कोभिड-१९को असर न्यून हुँदै गएपछि भौतिक उपस्थितिमै कक्षाहरु संचालन गरिएको क्याम्पस प्रमुखहरुले जानकारी दिएका छन् ।

इन्जिनियरिङ र आईटी पढाइ हुने पूर्वाञ्चल विश्वविद्यालयका क्याम्पसहरु :

१. ख्वप्प इन्जिनियरिङ कलेज, भक्तपुर
२. कान्तिपुर सिटि कलेज, पुतलीसडक, काठमाडौं
३. एक्मी इन्जिनियरिङ कलेज, सितापाइला, काठमाडौं
४. हिमालयन इन्स्च्यिूट अफ साइन्स एन्ड टेक्नोलोजी(हिस्ट), नयाँ बानेश्वर, काठमाडौं
५. हिलसाइड कलेज अफ इन्जिनियरिङ, बालकुमारी, काठमाडौं
६. सेन्ट्रल इन्जिनियरिङ कलेज, जनकपुर
७. इस्र्टन इन्जिनियरिङ कलेज, विराटनगर
८. आर्यन स्कूल अफ इन्जिनियरिङ, मध्यवानेश्वर, काठमाडौं
९. कान्तिपुर इन्टरनेशनल कलेज, लुभु, ललितपुर 
१०. हिमालयन ब्हाइटहाउस इन्टरनेशनल कलेज, पुतलीसडक, काठमाडौं
११. कलेज अफ इन्फरमेशन टेक्नोलोजी एन्ड इन्जिनियरिङ(सिआइटीइ), सुविधानगर, काठमाडौं
१२. किष्ट कलेज, कमलपोखरी, काठमाडौं
१३. गोमेन्द्र मल्टिपल कलेज, विर्तामोड, झापा
१४. पूर्वाञ्चल यूनिभरसिटि स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, विराटनगर

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ