arrow

हाम्राकुराको बाँकेमा शाखा कार्यालय स्थापना

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
hamrakura-bageshori.jpg

नेपालगन्ज । हाम्राकुरा डटकमको बाँकेमा शाखा कार्यालय स्थापना भएको छ। नेपालगन्जबाट सञ्चालन हुँदै आइरहेको बागेश्वरीपोष्ट डटकमको केन्द्रीय कार्यालयमै हाम्राकुरा डटकमको बाँके कार्यालय मङ्गलवार बिहान उद्घाटन गरिएको हो।

शाखा कार्यालयको हाम्राकुरा डटकमका प्रधान सम्पादक अजय बाबु शिवाकोटी र बागेश्वरी पोस्ट डटकमका प्रबन्ध निर्देशक गौरव गिरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा अनलाइनलाई कसरी व्यवस्थित गरेर लैजाने भन्ने बारेमा चर्चा गरिएको थियो।

 उद्घाटन कार्यक्रममा सामुदायिक रेडियो प्रचारक सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, हाम्राकुराका कार्यकारी निर्देशक माधव चाम्लागाई, बागेश्वरी पोस्टका सम्पादक नवीन गिरी, नेपाली काँग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट, पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाईं, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, ब्याबसायी अनिल गौतम, झनक बस्नेत लगायतको उपस्थिति रहेको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ