arrow

प्रचण्ड-नेपाल समूहको बन्द: बाँकेभर सुरक्षा व्यवस्था कडा

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
banke-banda.JPG

नेपालगन्ज । नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार गरेको आम हडतालको नेपालगन्जमा सामान्य प्रभाव परेको छ। नेपालगन्जमा बन्दकर्ताहरुले जुलुससहित बन्द गराउँदै हिँडिरहेका छन् । बन्द गराउँदै हिडेपनि नेपालगन्जमा  निजी सवारीसाधनहरू चलिरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी बाँकेका अनुसार लामो दुरीका सवारीसाधन भने चलेका छैनन् । नेपालगन्जदेखि कोहलपुरसम्म जिप तथा मोटरसाइकल चलेका छन् । नेपालगन्ज तथा कोहलपुरमा पसलहरू खुलेका छन् । काठमाडौँबाट आउने रात्रि बसहरू भने नेपालगन्ज भित्रिएका छन् ।

आम हडताल अहिलेसम्म सामान्य रहेकाले सवारीसाधन  कुनै त्यस्तो अप्रिय घटना नभएको जिल्ला ट्राफिक बाँकेले जानकारी दिएको छ।बन्दमा कुनै घटना नहोस् भनेर बाँकेभर सुरक्षा व्यवस्था कडा पारिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ