arrow

सरकारी गाडी तोडफोड गरेको आरोपमा मोरङबाट पाँच पक्राउ

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
biratnagar-police.jpg

विराटनगर । सरकारी गाडी तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहको पार्टी कार्यालयबाट पाँच जना लाई पक्राउ गरेको छ ।

प्रहरीले तीनपैनी स्थित पार्टी कार्यालयबाट मोरङ जिल्ला सङ्घर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित पाँच जनालाई पार्टी कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रहरीले महानगर सङ्घर्ष समितिका सहसंयोजक मिरा दाहाल, विराटनगर महानगरपालिका ६ कि वार्ड सदस्य जनप्रतिनिधि चम्पा कार्की, मिना पोखरेल, शारदा मैनाली लगायतलाई पक्राउ गरेको हो । बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

पक्राउ गर्ने क्रममा र पक्राउ गरिसकेर कष्टडीमा राख्दा पनि प्रहरीले आफूहरूलाई कुटपिट र दुर्व्यवहार गरेको नेता पारुल क्षेत्रीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ