arrow

कोहलपुरको जङ्गल छिउँको ओढारबाट बन्दुक बरामद

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
bharuwa-gun.jpg

नेपालगन्ज । प्रहरीले कोहलपुरको जङ्गल छिउँको ओढारबाट बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर १३ को सिम्री गाउँस्थित जङ्गल छिउँको ओढारबाट भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 बन्दुक वन्यजन्तुको सिकार गर्ने अवैध कार्यमा प्रयोग भएको हुन सक्ने आशङ्कामा अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाई छ । कोहलपुर प्रहरीले थालनी गरेको पन्ध्र दिने 'स्वीप अपरेसन अभियान'को सुरुवाती चरणमा भरुवा बन्दुक फेला परेको हो ।

कोहलपुर प्रहरीले माघ २१ गतेदेखि पन्ध्र दिने 'स्वीप अपरेसन अभियान' सुरुवात गरेको छ । समाजमा शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्न, सडक दुर्घटना, लागू औषध दुर्व्यसनी तथा सामाजिक अनुशासन विरुद्धका कारबाही गर्ने उद्देश्यले अभियान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले अभियानलाई सफल बनाई सुरक्षित समाज निर्माणार्थ आम नागरिकबाट अपराधको सूचना, समन्वय र सहकार्यको अपेक्षा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ