arrow

सरकारविरुद्ध बाँकेमा काँग्रेसका शुभेच्छुक सङ्घले गरे प्रदर्शन

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
trade-union-congrss-protest-bake.jpg

नेपालगन्ज। प्रतिनिधिसभा विघटन विरुद्ध बाँकेमा काँग्रेसका शुभेच्छुक सङ्घ सङ्गठनहरूले विरोध प्रदर्शन गरेका छन्। नेपाल ट्रेड युनियन काँग्रेस बाँकेको नेतृत्वमा भएको विरोध प्रदर्शन सुर्खेतरोडस्थित पार्टी कार्यालयबाट सुरु भई विपीचोकमा पुगेर समापन भएको थियो।

विपीचोकमा आयोजित सभामा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लले संविधान विपरीत गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढङ्गले संसद् विघटन गरेकाले पार्टीको केन्द्रीय सर्कुलर अनुसार आफूहरू विरोध प्रदर्शनमा उत्रिएको बताए।

विरोध प्रदर्शनमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सांसद द्वय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी लगायत नेता कार्यकर्ता एवम् शुभेच्छुक सङ्घसङ्गठन आवद्धहरुको उपस्थिति थियो।

विरोध प्रदर्शन पश्चात् असंवैधानिक कदमका विरुद्ध विपीचोकमा पाँच मिनेट मौनधारण समेत गरिएको नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका सचिव तोजिन्द्र बहादुर विकेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ