arrow

प्रदेश १ को प्रदेश सभा बैठक २ मिनेट बसेर स्थगित

सत्ता पक्षकै अवरोध

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
pradesh-sabha-1.JPG

काठमाडौँ ।  आइतबार बस्ने भनिएको प्रदेश १ को प्रदेश सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।  बैठक आइतबार २ बजेका लागि बोलाइएको थियो । तर सुरु भए लगत्तै २ मिनेट बसेर स्थगित भएको हो ।

बैठकको कार्यसूचीबारे कार्य व्यवस्था समितिमा सहमति बन्न नसक्दा बैठक ढिला सुरु भएको थियो । बैठक सुरु गर्दा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा मुख्यमन्त्री शेरधन राईविरुद्ध तयार गरिएको अविश्वासको प्रस्ताव पेस गर्ने सहमति समेत बनेको थियो ।

तर बैठक सुरु भए लगत्तै नेकपा केपी ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारबाही गरिएका सांसदहरूलाई हलमा प्रवेश दिएको भन्दै उठेर विरोध जनाएपछि सभामुख प्रदीप भण्डारीले बैठक स्थगित भएको सभामा जानकारी गराएका हुन ।

विरोधपछि अर्को बैठक ९ फागुनका लागि तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ