arrow

बाँकेका पत्रकारलाई मङ्गलवारदेखि कोरोनाविरुद्धको खोप लगाइने

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ २६ सोमबार
corona-vaccine-nepal1.jpg

नेपालगन्ज । बाँकेमा रहेका पत्रकारहरूलाई मङ्गलवारदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ। भारतले अनुदानमा उपलब्ध गराएको कोरोना खोप पहिलो चरणमा स्वास्थ्यकर्मी लगाइएपछि  स्वास्थ्य मन्त्रालयले  पत्रकारहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको हो।

मङ्गलवारदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा बाँकेका पत्रकारहरूलाई खोप लगाइने बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । खोप लगाउन जाँदा पत्रकारहरूले अनिवार्य आफ्नो परिचयपत्र लगेर जानू पर्ने ओलीले बताए।

खोप मङ्गलवार बिहान १० बजेदेखि सुरु हुने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ