arrow

मन्त्रीपरिषद्को निर्णय : कुलमान घिसिङको स्थानमा हितेन्द्रदेव शाक्य

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
NEA-hq.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।  सोमबार बसेको मन्त्रीपरिषद् बैठकमार्फत सरकारले प्राधिकरणमा निमित्त रहेका शाक्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।

विद्युत् प्राधिकरण आउनुअघि उनी करिब ४ वर्ष एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए । यसअघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि सरकारले शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।

घिसिङलाई २९ भदौ २०७३ मा कार्यकारी निर्देशक नियुक्त भएका ४ वर्षे कार्यकाल पूरा भएपछि उनी गत २८ भदौ मा प्राधिकरणबाट बिदा भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ