arrow

पूर्वी नवलपरासीमा बन्ध्याकरण शिविर सम्पन्न , १ सय ७१ जनाले सेवा लिए 

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ माघ २९ बिहिबार
surgery-nawalpur.jpg

कावासोती । पूर्वी नवलपरासीमा गत माघ ७ गते बाट सुरु भएको स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ । माघ ७ गते जिल्लाको देवचुली स्थित दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु भएको शिविर बिहीबार गैंडाकोट स्थित पितौजीघाट स्वास्थ्य केन्द्रमा आएर सम्पन्न भएको हो ।
 
जिल्लामा सञ्चालन भएको २२ दिन लामो घुम्ती शिविरबाट १ सय ७१ जनाले सेवा लिएका  जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईंले बताए । १७१ जना मध्य  १०० जना पुरुष र ७१ जना महिला रहेका चापागाईंले बताए ।
 
चापागाईंका अनुसार जिल्लाको  देवचुलीमा २३, कावासोतीमा ३२, मध्यबिन्दुमा ४० जना, बिनयी त्रिबेणीमा २२, हुप्सेकोटमा  २२, बौदीकालीमा १४, बुलिङटारमा  ४ जना र गैंडाकोटमा १४ जनाले गरि १ सय १७१ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका हुन ।
 
जिल्लाको आठ वटा स्थानीय तहको विभिन्न १४ स्थानमा शिविर सञ्चालन गरिएको थियो ।शिविरमा ५० जनाले अस्थायी परिवार नियोजनको सेवा समेत लिएका स्वास्थ्य कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ