arrow

डडेल्धुरामा डोको आन्दोलन

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
doko-andolan.jpg

डडेल्धुरा । किशोरी बलात्कार तथा हत्याको विरोध गर्दै डडेल्धुरामा डोको आन्दोलन प्रदर्शन भएको छ ।  बैतडी घटनाको सन्दर्भमा विरोध गर्दै स्थानीय युवा समाजसेवी तिलक हमालले महिला हिंसा, किशोरी बलात्कार तथा हत्या हिंसा, महँगी, भ्रष्टाचार, घुस खोरी, भोकमरी रोग मरी, बेरोजगारी, सर्वसुलभ शिक्षा छैन , स्वास्थ्य छैन, भेदभाव मुक्त समाज भएन  लगायत विकृति विसङ्गति विरुद्ध डोकोमा कुशासनको भारी जनताले बोकेको प्रतीकको रूपमा डोको आन्दोलन सुरु गरेका हुन ।

भागिरथीलाई न्याय दे भन्दै भो भो अब अति भो, जीउधनको क्षति भो भन्ने ब्यानर नाराका साथ सरकार लाई व्यङ्ग गर्ने विभिन्न सन्देशहरूले चुलिँदै गएको डोको बनाई सदरमुकामको कीर्तिपुर बजारमा रहेको हरि स्मृति प्रतीक्षालयबाट नगर परिक्रमा गरी बसपार्क हुँदै सहिद भिमदत्त चौकमा पुगेर डोको बिर्सन गरी आन्दोलन स्थगित गरिएको हमालले जानकारी दिए ।

 यस अघि निर्मला पन्त बलात्कार काण्ड, बझाङकी बालिका सम्झना कामी बलात्कार हत्याकाण्डमा पनि विभिन्न आन्दोलन चर्काएका हमालले भागिरथी हत्याकाण्ड पछि डडेल्धुरामा किशोरी माथिको हत्याहिंसा विरुद्ध हस्ताक्षर अभियान पनि सञ्चालन गरी नियमितता दिएका छन् ।

“फोहरी राजनीतिले बनायो भरिया” भन्ने सडक डोको आन्दोलनमा स्थानीयहरूले पनि साथ र समर्थन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ