arrow

'गुगल न्युज'मा समाचार देखाए बापत गुगलले मिडियालाई पैसा दिने !

१२१ फ्रेन्च पब्लिसर अर्थात् मिडियाहरूसँग तीन वर्षका लागि ७ करोड ६० लाख डलरको सम्झौता

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
google-facebook.jpg

काठमाडौं । गुगलले विभिन्न अष्ट्रेलियाई अनलाइन मिडियासँग वार्ता गरिरहेको छ । आफ्नो सर्च इन्जिन एवं 'गुगल न्युज'मा देखाउने गरेका समाचार बापतको पैसा समाचार प्रकाशक अर्थात् मिडियालाई दिनुपर्ने गरी अष्ट्रेलियाई सरकारले कानुन अघि सारेको थियो ।

सोही अनुसार गुगलले एबीसी, नाइन इन्टरटेनमेन्ट, गार्जियन अष्ट्रेलियालगायतका मिडियासँग वार्ता गरेको हो । सोमबार अष्ट्रेलियाको सबैभन्दा ठुलो मिडिया सेभेन वेस्ट मिडियाले 'गुगललाई आफ्नो कन्टेन्ट देखाउन दिने' गरी दीर्घकालीन सम्झौता भएको जनाएको छ ।

त्यस्तै सिड्नी मर्निंग हेराल्ड, डेलीमेल अष्ट्रेलिया, मिडिया कर्प अष्ट्रेलिया र अन्य मिडियासँग पनि गुगलले वार्ता गरिरहेको छ । गुगल न्युज र सर्च इन्जिन 'क्रोम'मै पनि गुगलले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार देखाउने गरेको छ । 

यसै बापतको पैसा प्रकाशक मिडिया गृहले पाउने पर्छ भन्दै अष्ट्रेलियाई सरकारले कानुन अघि सारेको थियो । तर, सुरुमा गुगलले त्यहाँबाट आफ्नो सेवा नै हटाउने भन्दै चुनौती दिएको थियो । तर, अहिले गुगलले यो प्रस्ताव मान्न तयार भएको हो । 

यो प्रस्ताव अष्ट्रेलियाले भने फेसबुकको हकमा पनि लागु गरेको छ । फेसबुकले पनि म्यासेज, नोटिफिकेसन जस्तै समाचार ट्याब पनि आफ्नो एपमा राखेको छ । सो ट्याबमा समाचार राखेबापत फेसबुकले पनि सञ्चार गृहलाई पैसा दिनुपर्नेछ ।  फेसबुकसँग पनि कुरा भइरहेको अष्ट्रेलियाई अधिकारीहरुले बताएका छन् ।

अष्ट्रेलियाका कोषध्यक्ष जोस फ्राइडबर्गले गुगलका सीईओ सुन्दर पीचाइ र फेसबुकका संस्थापक मार्क जुकरवर्गसँग प्रस्तावित कानुनका विषयमा छलफल भएको बताएका छन् ।

गुगलले हालै १२१ फ्रेन्च पब्लिसर अर्थात् मिडियाहरूसँग तीन वर्षका लागि ७ करोड ६० लाख डलरको सम्झौता गरेको थियो । सम्झौता अनुसार गुगलले ती मिडियालाई ३ वर्षसम्म प्रत्येक वर्ष २ करोड २० लाख डलर भुक्तानी गर्ने छ ।

तर यो सम्झौता केका लागि भएको हो भन्ने कुरा स्पष्ट बताइएको छ । विश्वका सबैजसो मुलुकमा अब यस्तो कानुन एवं निर्णय अघि सर्ने देखिएको छ ।

समाचार प्रकाशक गृहहरूको लगानी निर्मित समाचार गुगलले निःशुल्क आफ्नो गुगल न्युज र सर्च इन्जिनमा देखाउँदा समाचार प्रकाशकहरूलाई नै घाटा हुन जान्छ । त्यस कारण गुगलले समाचार गृहलाई पैसा दिनुपर्ने कानुन अष्ट्रेलियाई सरकारले अघि सारेको देखिन्छ र यो अन्य मुलुकहरूले पनि अनुसरण गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ