arrow

मनाइँदै प्रजातन्त्र दिवस

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
Democracy_day.jpg

काठमाडौं । प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले तीन दिन विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन भनेको छ । फागुन ६ देखि ८ गतेसम्म घरघरमा दीप प्रज्ज्वलन गर्न समेत सरकारले भनेको छ । 

त्यसैगरी स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाइँदैछ । यसको गरिमा ठूलो भए पनि सरकारले फागुन ७ गते सार्वजनिक बिदा दिन भने छाडेको छ । 

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । 

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । तर यसको मर्ममाथि भने राजनीतिक दलका नेताहरुले नै प्रहार गरिरहेको स्पष्ट हुन्छ । 

नेताहरु सत्ता र शक्तिको पछि लाग्दा प्रजातन्त्रको मूल मर्ममाथि प्रहार भएको आरोप लाग्दै आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ