arrow

एक रुपैयाँमै ६ महिनाकालागि डिसहोमको फाइबर नेट जित्न सकिने

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
dish-home-fiber-net.jpg

काठमाडौँ। एक रुपैयाँमा ६ महिनाका लागि डिसहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ। दराज हाट बजार मार्फत एकस रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ। उक्त प्याकेज आज (मङ्गलवार) देखि लागू हुनेछ। डिसहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्रान्ड दराजबिच त्यससम्बन्धी सम्झौता भएको हो।

दुई कम्पनीबिचको सहकार्यमा दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिसहोम फाइबर नेटको प्याकेज खेल एस रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ।

यसका साथै  डिसहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्बो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत खरिद गर्न सकिन्छ। ग्राहकहरूलाई थप सेवा सुविधा दिने उद्देश्यले डिसहोमले दराजसँगको सहकार्यमा डिसहोमको उपकरणहरू सहुलियत मूल्यमा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

यसबाट ग्राहकहरूले डिसहोमको नयाँ कनेक्सन र प्याकेजहरू आकर्षक छुट मूल्यमा सजिलै अनलाइनमार्फत पनि खरिद गर्न सक्ने डिसहोमले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ