arrow

तुलसीपुरबाट ब्राउनसुगरसहित न्यायाधीशकी श्रीमती पक्राउ 

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
pakrau9.jpg

तुलसीपुर । प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जना महिलालाई पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका ५ स्थित  ४२ बर्षीया तुलसा पोखरेलको घरबाट २ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित आइतबार दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक शिबबहादुर सिंहले जानकारी दिएका छन् । पक्राउ परेकी महिला उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती हुन्।

प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कि भित्र प्लास्टिकमा राखेको अवस्थामा बरामद गरेको जानकारी दिएको छ। 

प्लाष्टिकसहित तौलगर्दा २ ग्राम२२ मिलिग्राम ब्राउनसुगर बरामद भएको डिएसपी सिंहले बताए।  पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ।  उनी न्यायाधीश पोखरेलकी कान्छी श्रीमती हुन् । उनीमाथि लागूऔषध सम्बन्धी मुद्दा चलाइने प्रहरीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ