arrow

नवीन्द्र दाई

logo
तारा प्रसाद फुल्लेल,
प्रकाशित २०७७ चैत ४ बुधबार
nabindra-raj-joshi-mp-congress.jpg

कहिल्यै मात्तिनु भएन रिसको त कुरै रहेन !
निशव्द छु दाजु बोल्न सक्ने कुनै शब्दै भएन !!
यस्तो नेता कहाँ पाउँछौ हामी सादगी सधै !
स्वास्थ्य लाभको कामना गर्दैछौं दाजु अझै !!

सिक्नु पर्ने धेरै थिए हजुरबाट राजनीतिमा !
एक्लो वृहस्पति हुनुहुन्छ यो लाजनीतिमा !!
रूग्ण उधोग पुन सुचारूभए हजुर मन्त्री बन्दा !
आशा,भरोसा धेरै छ हजुरप्रति अरू भन्दा !!

सत्ताले धेरैलाई बनायो ढोंगी, विर्से देशलाई !
लिलामीमा राखे बन्धक हाम्रो भेष भुषालाई !!
राष्ट्र ठूलो मान्नुभयो जोगाई पार्टीको शान !
हजुरको कृति जोगाई हामी गर्नेछौं सम्मान !!

स्वास्थ्य लाभको गर्दछौं हात जोडि कामना !
सिकौं दाईबाट हामीले गर्नुछ धेरै सामना !!
सिक्नु छ धेरै जान पाउनुहुन्न बिचमै छोडेर !
लाखौं विन्ती छ भगवानसंग दुई हात जोडेर !!

No description available.

तारा प्रसाद फुल्लेल, छत्रदेव-८,अर्घाखाँची



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ