arrow

नवीन्द्रराज जोशी: इमानको राजनीति गरे, रुग्ण उद्योगहरुलाई पुर्नजीवन दिएर लोकप्रियता कमाए

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
nabindra_joshhi.jpg

काठमाडौं । शुक्रबार साँझ निधन भएका कांग्रेस नेता नवीन्द्रराज जोशीलाई लोकप्रिय र निष्ठावान नेताका रुपमा स्मरण गरिएको छ ।

२०७३ साल भदौं १० गते उद्योगमन्त्रीको रुपमा पद बहाली गरेपछि छोटो समयमा उल्लेखनीय उपलब्धीहरु हाँसिल गरेपछि उनी निकै लोकप्रिय बनेका थिए । मन्त्री छँदा नीतिगत तथा कानूनी सुधारसँगै संरचनागत तथा प्रक्रियागत क्षेत्रतर्फ उल्लेख्य कार्य गरेर उनले धेरैको ध्यान तानेका थिए ।

बाबु गजेन्द्रराज र आमा गीता जोशीबाट काठमाडौंको लाजिम्पाटमा जन्मिएका जोशी ०३६ सालको राजनीतिक आन्दोलनबाट सक्रिय राजनीतिमा आएका थिए ।

३१ बर्षको उमेरमै काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएका जोशी नेविसंघको काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री समेत निर्वाचित भएका थिए । उनी उपमेयरमा हुँदा मेयरमा पीएल सिंह निर्वाचित भएका थिए ।

उपमेयर छँदा काठमाडौंमा खानेपानी ब्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेका उनी पछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री भएर प्रशस्त उपलब्धीहरु हाँसिल गरेका थिए । विभिन्न रुग्ण उद्योगहरुलाई पुर्नजीवन दिएका जोशीले नेपालऔषधी लिमिटेड र उदयपुर सिमेन्ट कारखानालाई पुर्नजीवन दिंदा भने निकै चर्चा पाएका थिए ।

पहिलो र दोस्रो संविधानसभामा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका जोशी लौहपुरुष गणेशमान सिंहको आदर्शबाट प्रभावित थिए । नैतिकता र इमान्दारिताको राजनीति गर्न रुचाउने जोशी ‘लो प्रोफाइल’ रहँदा पनि प्रशस्त कामहरु गर्न सकिन्छ भन्नेमा विश्वस्त थिए ।

उद्योमन्त्री रहँदा प्रेस सल्लाहकार रहेका प्रदीप चापागाईंका अनुसार बिशेष आर्थिक क्षेत्र (सेज) ऐन ,२०७३ तथा औद्योगिक व्यवसाय ऐन,२०७३ जारी हुनु नीतिगत तथा कानूनी उपलब्धीको रुपमा लिइएको बताउँछन् । नयाँ नयाँ उद्योग स्थापना गर्न र बन्द भएका उद्योगलाई गति दिने सवालमा जोशीले सकरात्मक कदम चालेको चापागाई सम्झन्छन् ।

उद्योग मन्त्री छँदा भएका मूलभूत नीतिगत, कानूनी तथा संस्थागत र संरचनागत सुधारका कार्यक्रमहरु तल उल्लेखित रहेका छन् ।

-विशेष आर्थिक क्षेत्र ऐन ,२०७३ जारी भएको 
-औद्योगिक व्यवसाय ऐन,२०७३ जारी भएको 
-औद्योगिक व्यवसाय सम्बन्धि नियमावलीको मस्यौदा तयार गर्नका लागि समिति गठन भई कार्य आगाडि बढाइएको
-कम्पनी ऐन २०६३ को संशोधन बिधेयक व्यवस्थापिका संसदबाट पारित भएको

-खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन भएको 
-विशेष आर्थिक क्षेत्र सम्बन्धि नियमावलीको  मस्यौदा तयार भएको
-राष्ट्रिय खनिज नीति २०७३ को मस्यौदा मन्त्रिपरिषद्मा पेश भएको 
-राष्ट्रिय बौद्दिक सम्पत्ती नीति, २०७३ मन्त्रिपरिषद्बाट स्वीकृत भएको 
-प्रबिधि विकासकोष नियमावलीको मस्यौदा तयार भएको 
-पेट्रोलियम नियमावली सैदान्तिक स्वीकृतिको लागि मन्त्रिपरिषद्मामा पेश भएको 
-बैदेशिक लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि ऐन कानुन बनाउन पहल गरेको 
-अन्तराष्ट्रिय लगानी सम्मेलनको सफल भएको 

 संरचनागत तथा प्रक्रियागत सुधार 
-निजी क्षेत्रका समस्याहरुको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा मन्त्रालयमा नेपाल व्यवसाय मंचको सचिबालय खडा गरी कर्मचारी व्यवस्था गरिएको

-उद्योगी व्यवसायी तथा सरोकारवालालाई सूचना प्रबाह गर्न बिराटनगर, बिरगंज,पोखरा, भैरहवा, नेपालगंज तथा धनगढीमा औद्योगिक लगानीकर्ता सूचना केन्द्रको स्थापना भएको

-उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयमा सूचना केन्द्रको स्थापना गरि कर्मचारीको ब्यवस्था गरिएको तथा उद्योग बिभागमा अनलाइन प्रणाली सुरुवात भएको

-गुणस्तर ऐन तर्जुमा गर्न सैद्दान्तिक सहमतिको लागिमा पेश भएको  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ