arrow

जोशीको अस्तु वेणी सङ्गममा विसर्जन, पौडेलले भने-'यस्ता नेताको पूर्ति कसरी गर्ने'

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
nabindra-raj-joshi-mp-congress00.jpg

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको अस्तु देवघाटमा विसर्जन गरिएको छ । जोशीको सातौँ दिनको पुण्य तिथिमा उनका दाजु राजुराज जोशीले देवघाटको वेणी सङ्गममा विसर्जन गरेका हुन् । स्व जोशीको आमाको चाहनाअनुसार अस्तु देवघाटमा विसर्जन गरिएको हो ।

सो अवसरमा  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देशमा जोशी जस्ता योग्य र इमानदार नेताको खाँचो रहेको बताए । उनले भने, “जोशी एक योग्य र इमानदार नेता हुनुहुन्थ्यो । अब यस्ता नेताको पूर्ति कसरी गर्ने ।” काँग्रेसले एक कुशल नेता गुमाउनु परेकामा दुःख लागेको नेता पौडेलले बताए । नेता जोशीले देश र जनतालाई आफूभन्दा माथि राख्दै काम गरेको बताउँदै उनले जोशीको समर्पणलाई पूरा गर्नु काँग्रेसको जिम्मेवारी रहेको बताए ।

 उनले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताए । उनले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरे ।  उनले भने, “देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ।” अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उनको जिकिर थियो ।

कार्यक्रममा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्व मन्त्री यज्ञबहादुर थापा, तनहुँ काँग्रेसका सभापति वैकुण्ठ न्यौपाने, नवलपुरका सभापति विष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङका सभापति रमेश धमलालगायतले बोलेका थिए  ।

जोशीको मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको थियो । गत फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि वीर अस्पताल हुँदै उनलाई नर्भिक अस्पतालको सघन उपचारका क्रममा जोशीको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ