arrow

कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, औपचारिक कार्यक्रमहरु नगर्ने 

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा तीन दिनसम्म कांग्रेस केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त तीन दिनसम्म शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय भएको छ ।

मुख्य सचिब कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा  २०७७ चैत्र १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय भएको उल्लेख छ । 
राख्ने ।

त्यस्तै १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पनि निर्णय भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशक भन्दा लामो समय अनवरत संघर्षरत अथक योद्धा जोशीको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको पनि विज्ञप्तिमा उल्लेख छ । जोशीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति ८ः२४ बजे निधन भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ