arrow

गौरादहका ३ सय ६० कुकुरहरूको बन्ध्याकरण

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत ८ आइतबार
rabbize.JPG

झापा । झापा जिल्लाको पश्चिम दक्षिण पालिका गौरादहका सामुदायिक कुकुरहरूलाई स्थायी बन्ध्याकरण गरिएको छ। गौरादह नगरपालिकाको बजेट लागत तथा पशु सेवा शाखा गौरादहको प्राविधिक सहयोगमा गौरादह नगर भित्र रहेका ३६० सामुदायिक कुकुरहरूलाई स्थायी बन्ध्याकरण गरिएको हो।

गत फाल्गुन २९ गते देखि सुरु गरी चैत्र ८ गते आइतबार सम्ममा गौरादह नगरपालिकाका विभिन्न छेत्रहरू गौरादह बजार, ग्वाल्डुबा, जुरोपानी, सिङियाडुबा, बैगुन्धुरा, बालुबथान, चप्रमारी, सिता पुरी लगायतका स्थानका कुरहरूलाई बन्ध्याकरण  गरिएको हो।

पशु सेवा शाखा गौरादहका कर्मचारीहरूले सामुदायिक कुकुरहरूलाई पशु सेवा शाखा कार्यालय गौरादहमा ल्याइ बन्ध्याकरण गराइ कुकुरहरूलाई साबिक वासस्थानमा लगी छोडिएको पशु सेवा शाखा गौरादहका शाखा प्रमुख सन्तोष भण्डारीले बताए।

समुदायमा यत्रतत्र रहने कुकुर हरूको जनसङ्ख्यामा वृद्धि हुनुका साथै मानिस तथा अन्य पशुपन्छी चौपायाहरूलाई विभिन्न समयमा आक्रमण गर्ने साथै पशुपन्छी तथा चौपायाहरूलाई छ्यती पुर्‍याउने गरेको थियो।

उक्त समस्या समाधान गर्न गौरादह नगरपालिकाको २०७७/७८ को बजेट मार्फत विनियोजित ५ लाख लागत तथा पशु सेवा शाखा गौरादहको प्राविधिक सहयोगमा ३६० वटा सामुदायिक कुकुरहरूलाई स्थायी बन्ध्याकरण गरिएको भण्डारीले जानकारी गराएका छन्। बन्ध्याकरण अन्तरगत प्रति कुकुर लाई लागत रु १४०० को उपचार सामग्री तथा औषधि लाग्ने उनले बताए।

उपचारका क्रममा कुकुरहरूलाई सुरुमा एनेस्थेसिया ( बेहोस पार्ने औषधि ) प्रयोग गरिएको पशु सेवा शाखा प्रमुख भण्डारीले बताए।

अप्रेसन पश्चात् ७२ घन्टा सम्मका लागि घाउलाई ब्याक्टेरिया र भाइरस बाट बचाउन एन्टिबायोटिक औषधि प्रयोग गरिनुका साथै दुखाइ कम गर्ने एनलजेसिक औषधि प्रयोग गरिएको उनी बताउछ्न्।

साथै कुकुरहरूलाई लाग्ने लुतो रोगका लागि आइभरमेन्टिन औषधि र रेबिज रोग बाट बचाउनका लागि एन्टिरेबिज भ्याक्सिन समेत लगाइएको भण्डारीले बताए।

बन्ध्याकरण अन्तरगत मेल फिमेल दुवै कुकुरहरूको उपचार गरिएको हो। मेल कुकुरहरूको बन्ध्याकरण सामान्य प्रक्रियाको हुने जसमा कुकुरको अण्डकोष झिकिने तथा फिमेल कुकुरहरूको बन्ध्याकरण जटिल प्रक्रियाको हुने जसमा कुकुरको पाठेघर झिकेर बन्ध्याकरण गरिने पशु सेवा शाखा प्रमुख भण्डारीले बताए।



नयाँ