arrow

झापाको छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाणका अवैध सामाग्री बरामद

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
scarpio1.jpg

झापा । झापा जिल्लाको छुट्टाछुट्टै स्थानमा भारतबाट भन्सार छली ल्याइएका  अवैध सामग्रीहरू प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले विभिन्न प्रकारका करिब ५ लाख बराबरका अवैध कस्मेटिक सामानहरू प्रहरीले बरामद गरेको हो ।

 त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले १३ लाख भन्दा बढी मूल्यको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ र ६बाट अवैध लत्ता कपडा र कस्मेटिक सामान गरी करिब १३ लाख ८३ हजार ५ सय बरामदको अवैध समान बरामद गरेको हो । बरामद गरिएका सामानलाई मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएका सामान भन्सार छलेर नेपाल भित्राइएको हो ।

उता गौरादह नगरपालिका वडा न २ स्थित एक घरमा लुकाइ छिपाइ राखिएको अवैध सामग्री र सामाग्री बोक्ने गाडी सहित चालक र केही व्यक्तिलाई आज शुक्रवार बिहान इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ ।
 
बरामद सामाग्री र सवारीलाई दमक स्थित इलाका प्रहरी कार्यालयमा पठाइएको छ । आज बिहान ७ बजे उक्त सामग्री सहित  बा १४ च ६३५८ न को स्करपियो गाडी र चालकलाई इलाका प्रहरी कार्यालय गौरादहको टोलीले नियन्त्रणमा लिएको थियो ।
हाल उक्त सामाग्री र सवारीलाई  इलाका प्रहरी कार्यालय दमकमा लगेर बुजाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ