arrow

माओवादी केन्द्रले डोरमणिलाई दिएको समर्थन र अविश्वासको प्रस्ताव दुवै फिर्ता लिने

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ चैत १६ सोमबार
dormani2.jpg

हेटौँडा । नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने र मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्ताव पनि फिर्ता लिने निर्णय भएको प्रदेशसभा सदस्य युवराज दुलालले हाम्रा कुरालाई जानकारी दिए ।

'अब चाडै प्रदेशसभा बैठक बोलाउनको लागि आग्रह गर्छौँ र प्रतिपक्षको भूमिकामा रहेर अघि बढ्छौँ, आजको बैठकमा यहीँ निर्णय भएको छ' दुलालले भने ।

उनका अनुसार आजको बैठकले संसदीय दलको पदाधिकारी पनि चयन गरेको छ । दलको नेतामा शालिग्राम जमरकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठ चयन गरेको दुलालले जानकारी दिए । योसँगै प्रदेशमा नयाँ सरकार बनाउन बाटो खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ